काठमाडौं : तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।
स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठक आज काठमाडौंमा बसेको थियो ।
सो वैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले बतायो । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ । काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ ।
Facebook Comments Box