धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन(मिटर ब्याज) पीडितहरूलाई सहजीकरण र समन्वय गरेकाे भन्दै तीन जना प्रहरीलाई सम्मान गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएकाे अनुचित लेनदेन सम्बन्धि सहायता कक्षमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको हाे।
प्रमुख जिल्ला अधिकारी युवराज कटेले प्रदान गरेकाे सम्मान पत्रमा अनुचित लेनदेन पीडितकाे मुद्दामा सहजीकरण र समन्वय गरि इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहाेरात्र खटिएर काम गरेकाले कदर पत्रसहित सम्मान गरिएको उल्लेख छ।
Facebook Comments Box