अछाम: अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ। बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो।
कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए। साँफेबगर नगरपालिका-८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए।
बिहीबार उनको अन्त्येष्टि गरिने छ। शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए।
Facebook Comments Box