काठमाडौं : पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ ।
बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको यूफोर६५२ कलसाइनको जहाजको इमर्जेन्सी ढोका खुलेको थियो ।
इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।
जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए ।
Facebook Comments Box