डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत डा. असिम पाण्डेयले भोलिदेखि गाउँ गाउँमा गएर स्वास्थ्य परामर्श दिने भएका छन्।
हप्ताको एक दिन निःशुल्क स्वास्थ्य परामर्शका लागि उनी गाउँ गाउँमा जाने भएका हुन्।
उनले दिने यो सुविधा अमरगढी नगरपालिका बासीले मात्रै पाउने भएका हुन्। पहिलो चरणमा उनी भोलि अमरगढी नगरपालिका–२ र ३ मा निः शुल्क परामर्श दिने छन्।
जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए।
उनले भोलि बिहान ११ बजेदेखी आइत, जोशीना गाउँका सेवाग्राहीका लागि भट्टनगर नजिक कैलपाल मन्दिर चौरमा र दिउँसो १ बजेदेखी काँडे र हाटिगाउँ लगायतका नजिकका सेवाग्राहीका लागि काँडेकोटमा स्वास्थ परामर्श सेवा प्रदान गर्ने छन्।
सेवा लिन चाहनेले सम्पर्क व्यक्ति रमेश भट्टको ९८४८७३७९२१ मा सम्पर्क गर्न सक्नेछन्। डा. पाण्डेयको पुर्खौली घर अमरगढी नगरपालिका–२ आइत हो भने उनी हाल काठमाडौ बस्दै आएका छन्।
उनले केही समय अगाडि मात्रै डडेल्धुरा अस्पतालमा मेडिकल अफिसर (आठौं) मा नाम निकालेका थिए।