Author: महेन्द्रनगर पोष्ट

धनगढी : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा चितुवा मृत फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चितुवाको कम्मरमा घाउ रहेको छ। स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली घटना स्थल पुगेको थियो। मृत चितुवालाई प्रहरीले डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ।

Read More

धनगढी : अछामका एक युवकले भारतमा आफ्नै श्रीमतीको योनिमा छेडेर ताला लगाएको घटना बाहिरिएको छ । भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी गाउँपालिकाको वडा नम्बर–१ बाझकोटका उपेन्द्र हुड्केले श्रीमतीको योनि छेडेर ताला लगाएका हुन् । विभिन्न आरोप लगाउँदै आक्रोशित बनेका उपेन्द्रले श्रीमतीको गुप्ताङ्गमा ताला लगाएको खुलेको त्यहाँ रहेको नेपालीहरुले बताएका छन् । घटनाको १५ दिनपछि महिलाको पुरै शरीर सुन्निएपछि अस्पतालमा पुर्याउँदा घटना सार्वजनिक भएको हो । उपचारका लागि पुणेको पिंपरी चिन्चवड थेर गाउँ हस्पिटलमा लगिएपनि हष्पिटलले थप उपचारका लागि त्यहाँको अर्को आईसीएम हस्पिटलमा पठाएको छ। घटनापछि श्रीमान फरार रहेको अवस्थामा अखिल भारत नेपाली एकता मञ्च पिञ्परी चिन्चवड नगर समितिले…

Read More

धनगढी : बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-६ सायल घर भई बडीमालिका नगरपालिका-८ मार्तडी बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको हो । बुधबार काफल टिप्न गएकी उनी राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा नेपाली सेनाको दुर्गा भञ्जन गुल्म व्यारेक नजिक रहेको तिलेचौरमा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरको हुलाकी सडकमा बिस्फोट भएको छ । हुलाकी सडक अन्तरगत पुनर्वास नगरपालिका – १ ढक्कामा बिस्फोट भएको हो । बिस्फोटपछि सडकमा खाल्डो परेको छ । स्थानीयले बिस्फोट भएर धुवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बम विस्फोट भएको हो वा अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाली सेनाका पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

Read More

धनगढी : तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ। तर कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ। उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रूपमा नै स्याउखेती गरेका हुन्। विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्। रोपेको एक वर्षमा नै सबै बोट फुलेको जानकारी दिँदै उनले भने,…

Read More

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो । कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए । नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

Read More

धनगढी :  सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले विपक्षी दलका सांसदहरूको अवरोधका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि लफडा भएको छ । बैठकको प्रारम्भमै विपक्षी कांग्रेस र नउपाको रेशम चौधरी पक्षले उठेर विरोध जनाएका थिए । विपक्षी सांसदको नाराबाजीबिच सभामुख भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।

Read More

धनगढी: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक चल्न नदिने कांग्रेस सचेतक गीता चौधरीले बताइन् । मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसले अवरोध गर्ने भएको हो । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले कांग्रेसको समर्थनमा २ वैशाखमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । नाउपाकै कैलाश चौधरीको पनि दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले पुन:सरकार गठनका लागि आह्वान गर्दै सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सोडारीको नियुक्ति र प्रदेश प्रमुखको निर्णयविरूद्व चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोडारीले विश्वासको मत लिन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा माओवादी केन्द्रको संसदीय दलमा खगराज भट्टलाई दलको नेता भन्दा माथिको बरियता राख्ने निर्णय भएको छ । संसदीय दलको नेताबाट हटाइएका खगराजलाई अहिलेका लागि दलको नेता मानबहादुर धामी भन्दा माथिको बरियता राख्ने निर्णय भएको हो । दल नेताबाट हटाइएपछि कहिले नदेखिएका खगराज आज भने दलको बैठकमा देखिएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने निर्णय गरेसंगै खगराजको बरियता बढाएको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको छ ।

Read More