Author: महेन्द्रनगर पोष्ट

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनमा सहभागि नगराएको भन्दै सत्ता गठबन्धन रहेको जनता समाजबादी पार्टीले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा वाइपास गरिएको भन्दै जसपाले आपत्ती जनाएको हो । गठबन्धनमा आवद्ध अन्य दलले अपमान गर्ने र केन्द्रीय सहमतीअनुसार अगाडी नबढेको खण्डमा गठबन्धन बाहिरिने चेतावनी समेत दिएको छ । जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले गठबन्धनमा आवद्ध पाँच दलको बैठकमा आफूहरुले स्पष्टसँग कुरा राखिएको भएपनि वाइपास गरिएकाले यथास्थितीमा गठबन्धन रहन नसक्ने बताए । ‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको…

Read More

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताउनुभएको छ । आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उहाँले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पार्नुभयो । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो ।…

Read More

ललित सामन्तदार्चुला- जिल्ला प्रहरी कार्यालय दार्चुलाले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ । जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न उपायसमेत आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गर्ने जनाएको छ । बालबालिकाले भेट्न सक्ने स्थानमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्णरूपमा निभाउन, ग्यास सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न जिल्लावासीसमक्ष प्रहरीले अनुरोध गरेको छ । सुत्ने बेला ओछ्यानमा धुमपान…

Read More

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । एमालेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।” उहाँले आयोगले जारी गरेको आचारसहिंता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “आचारसहिंताको कहीँ कमी कमजोरी नरहने गरी गतिशील ढङ्गले पालना गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हाम्रो पार्टी कानूनी राजको पालना गर्ने पार्टी हो तर जे गरे पनि बोल्न नसक्ने भने पार्टी भने होइन ।” उहाँले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले आचारसहिंता लागू गरेको भन्दै…

Read More

जाजरकोट- जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण सुरु भएको ३६ वर्षपछि कामको सुरुआत भएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ मा काम सुरु भएको थियो भने अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ । भुरचौरको सिँचाइ योजना विसं २०४३ मा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकवाडाको सिँचाइ आयोजना तत्कालीन वन सहायकमन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो । यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा थिए । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद…

Read More

काठमाडौं – नेपाल प्रहरीका ४३६ जना प्रहरी नायब निरीक्षक (सई) को सरुवा भएको छ । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी वैशाख महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहिबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सूचीः जनपद-प्रनानिहरुको-सरुवाDownload

Read More

काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १५५ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।मन्त्रालयका अनुसार गत २४ घन्टामा ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । नेपालमा अहिलेको अवस्थामा ६३७ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

काठमाडौँ – इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्ग बहादुर थापाले बताए। घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।

Read More

काठमाडौँ – नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेको टेलिकमले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषदले चैत्र २४ गते गरेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन । नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले पदभार ग्रहण गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरेका छन् । सो अवसरमा निर्देशक पौडेलले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने बताएका हुन् । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा…

Read More

काठमाडौं – सरकारले रामनवमीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (शनिबार) सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

Read More