Author: महेन्द्रनगर पोष्ट

भक्तपुर – भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । हिजो बुधबार ११०० रुपैयाँले घटेको सुनको मूल्य आज बिहिबार पुनः ११०० रुपैयाँले नै बढेको छ । बुधबार प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर प्रतितोला १ लाख ३०० रुपैंयामा कारोवार हुने सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंयामा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १ हजार ३७५ रुपैंयामा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैंया रहेको छ । काठमाडौं – नेपाली बजारमा बुधबार पहेलो धातु सुनको…

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको छ । गत फागुन ३० गतेदेखि मंगलवारसम्म मन्त्री श्रेष्ठ नेतृत्वमा भएको संयुक्त अरब इमिरेट्स (युएई), सेसेल्स र कतारको भ्रमण मुलुकका निम्ति निकै फलदायी भएको मन्त्री श्रेष्ठले बताए । भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे गन्तव्य मुलुकका मन्त्री र सरकारी अधिकारीहरुसँग भएको द्विपक्षीय छलफल दीर्घकालीन महत्त्वको रहेको बताए । संयुक्त अरब इमिरेट्स (युएई)मा पर्यटन भिसामा पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका विषयमा त्यहाँका मानव संशाधनमन्त्री अब्दुल रहमान अव्दुलमानन अल अवारसँग छलफल गरेका थिए । उक्त अवसरमा…

Read More

दाङ – जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्माण गरेको आचारसंहिता अव्यवहारिक भएको बताएका छन् । समय सुहाउँदो आचार संहिता लागू गर्नुपर्ने भन्दै राजनीतिक दलका प्रमुखहरूले आयोगले सार्वजनिक गरेको आचारसंहिता अव्यवहारिक र अवैज्ञानिक रहेको बताएका हुन् । निर्वाचन आयोग र कानुन समाजको आयोजनामा दाङको घोराहीमा भएको ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा जिल्लाका सरोकारवालाले यस्तो बताएका हुन् ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक…

Read More

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।’ नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका…

Read More

पोखरा – स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा आज बिहान करिब ६ बजे एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीले जनाए । चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो । स्कुटर चालक घाइते…

Read More

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्। पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन्। आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ। विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ। रोयल्टी र नवीकरणबापतको…

Read More

काठमाडाैँ- चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ। तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ।रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी ८ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।

Read More

काठमाडौं – आज नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपालले उसकै मैदानमा थाइल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। यस अघिका दुई भेटमा पराजित भएको नेपाल आज बदला लिने सोचमा छ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एसियन कपका छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। त्यसअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाली टिमःगोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्कीरक्षकः रोहित चन्द, अनन्त…

Read More