भक्तपुर – भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box