काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
हिजो बुधबार ११०० रुपैयाँले घटेको सुनको मूल्य आज बिहिबार पुनः ११०० रुपैयाँले नै बढेको छ ।
बुधबार प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर प्रतितोला १ लाख ३०० रुपैंयामा कारोवार हुने सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंयामा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १ हजार ३७५ रुपैंयामा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैंया रहेको छ ।
काठमाडौं – नेपाली बजारमा बुधबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो ।
जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ