Author: महेन्द्रनगर पोष्ट

दार्चुला – व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ। स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो। गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए। “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला, सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ।” सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन हुनुपरेको थियो। अहिले कार्यालय प्रमुख…

Read More

काठमाडौं – अवैध बुद्ध चित्तसहित एक कोरियन नागरिक पक्राउ परेका छन् । अवैध रूपमा कोरिया लैजान लागेको बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक सुन उन जाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति जारी छ । कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको हो । स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

Read More

रोल्पा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । ७ वर्षपछि रोल्पा पुगेका अध्क्ष दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा आज (सोमबार) आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’ महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत उनले गरे। आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित…

Read More

महेन्द्रनगर – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु ६ जना घाइते भएका थिए । आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको थियो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार सुर्नया गाउँपालिका–३ का २५ बर्षीया दुर्गा चन्दको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । समान्य घाइते भएका सुर्नया–३ कै २८ बर्षीया निर्मला चन्द र…

Read More

ललितपुर – प्रहरीले चितुवाको जस्तो देखिने ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला सहित एकजनालाई प्रकाउ गरेको छ । काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ घर भएका २७ वर्षीय नर बहादुर गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरलाई प्रहरीले जाँच गर्नेक्रममा बोराभित्र प्लाष्टिकले बेरी राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Read More

काठमाडौं – भारतमा ४८ घण्टे बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले पनि समर्थन गरेको जनाइएको छ ।बन्दकर्ताहरुले मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न देशव्यापी बन्द आह्वान गरेको दाबी गरेका छन् । बन्दमा सडक, यातायात, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैंकिङ्ग युनियनहरु पनि हड्तालमा सहभागी भएको भारतबाट प्रकाशित हुने…

Read More

काठमाडौं – नेपाली सेनाका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एकिकुत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरै पटक बसेर गोप्य कुराकानी गरेको र बङ्गलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरूबाट आफूहरूले थाहा पाएको बताएका थिए । नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरै पटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए ।

Read More

मोरङ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएका जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, बालमृत्यु, मातृ मृत्युदर घटाउने कार्यमा समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिए । उनले विश्व मञ्चमा नेपालले कोभिड रोकथाम, नियन्त्रण र खोप कार्यको प्रशंसनीय चर्चा भएको जनाउँदै वर्तमान अवस्थामा जोखिम अन्त्य भए पनि जनताको स्वास्थ्य सुरक्षाका क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको चर्चा गरे। अध्यक्ष तिमिल्सिनाले जनतालाई बिरामी पर्नबाट जोगाउन जनप्रतिनधिले आहारविहार, संस्कारमा परिवर्तन गरी जनजागरण अभियान…

Read More