Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ । नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि प्रसन्नता व्यक्त ग¥यो । नेपाल भ्रमणमा रहेको बैंकका प्रतिनिधिसँग परिसङ्घले छलफल गर्ने कार्यक्रम तय भएको थियो । सोही क्रममा आज होटल हायात प्यालेसमा भेटवार्ताको प्रबन्ध गरिएको थियो। नेपालका बैंक तथा वित्तीय सस्थाको साझा संस्थाको रूपमा रहेको परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले एडीबीका उपमहानिर्देशक मनमोहन परकाशलाई ढाका टोपी लगाइदिएर स्वागत गरे। नेपाली व्यवसायीको न्यानो स्वागत पाएर एडिबी टोलीले समेत खुसी व्यक्त ग¥यो। एडिबी प्रतिनिधिमण्डलको साझा धारणा थियो, “यही कारण त…

Read More

अछाम-अछाममा मोटरसाइकल दुर्घटना हुँदा लेखापालको मृत्यु भएको छ। मंगलसेन साँफेबगर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको हो। से ६ प१८९९ नम्बरको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More

कैलाली– कैलालीको टीकापुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । शुक्रबार टीकापुर नगरपालिका-४ असनेरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा स्थानीय १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परि थप एक जना घाइते भएका छन। से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Read More

बर्दिया-बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए। पक्राउ पर्नेमा भारत बहराइच जिल्ला शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौँ महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसी रहेको उपरीक्षक शाहीले जानकारी दिए।तीनै जनालाई विहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।रासस

Read More

सुदूरपश्चिम-धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ। आज भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले पुरस्कार स्वरुप रु एक लाख एक हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु ५१ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारिच २० ओभरमा छ विकेट गुमाएर १३४ रन बनायो । १३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७ दमशलब…

Read More

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए। यसअघि जेठ १८ गतेदेखि सञ्चालन गर्नेबारे छलफल भएको थियो। आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मद्देनजर गरी परीक्षा समय तोकिएको उनको भनाइ छ। ‘प्रश्नपत्र सम्बन्धित ठाउँमा कसरी पुर्‍याउने भन्ने बारेमा भने छलफल भइरहेको छ’‚ उनले भने।

Read More

काठमाडौं-आईसीसी विश्वकप क्रिकेट ‘लिग-२’ अन्तर्गत तेस्रो सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । नेपाल यूएईसँग ४८ रनले पराजित भयो ।  यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमा अलआउट हुन पुग्यो । रोहित पौडेलले ४६, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । आशिफ शेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी ६, करण केसी ६ र सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख र कमलसिंह ऐरी शून्य रनमा आउट भए । सागर ढकाल शून्य रनमा नटआउट रहे । नेपाललाई सस्तैमा समेट्न बसिल…

Read More

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गरी फेललाई पास र पासलाई फेल एवं परीक्षामा नै सहभागी नभएकालाई पास गराउने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धि आरोपपत्र दायर गरेको जानकारी दिएका छन् । अख्तियारले शाखा अधिकृत पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल भ्रष्टाचारमा संलग्न रहेको भन्दै आरोपपत्र दायर गरेको हो ।

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात् वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू…

Read More

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा पार्टीको १२ औं पुर्ण बैठक शुरू भएको हो । बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् । पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान…

Read More