Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्।रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्।आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध…

Read More

काठमाडाैँ-  काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दशंग टुर’ मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् । दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको आयोजक ओडिसीले जनाएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको लागि अभिनेता सलमान खानले ४ करोड…

Read More

काठमाडौं – पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार दोस्रो दिन दोहोरो अंकले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९ बिन्दुमा झरेको छ । कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो । जीवन र निर्जीवन बीमा बाहेक सबै उपसूचक घटेका छन् । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा धेरै कमाएका छन् ।…

Read More

दार्चुला – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दार्चुलामा १० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १० साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा दार्चुलामा क्रियाशील रहेका १० दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी…

Read More

काठमाडौं – मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेको थियो । पत्र पठाएको दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । भामका अनुसार उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी…

Read More

काठमाडौं – बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्। उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन्। १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन्। उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन्। सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ। ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नुहुनेछ। हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि…

Read More

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश-१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । ‘आगामी २०७९ साल वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा स्रकिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरी मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह छ, ’ विज्ञप्तिमा भनिएको छ । साथै निर्वाचनमा समानुपाति समावेशी सिद्धान्तको…

Read More

काठमाडौं – दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो । यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभर ५ बलमा ४ विकेट गुमाएर दक्षिण अफ्रिकाले ६१ रन जोडेपछि पुनः खराब मौसम बाधक बन्न पुग्यो र…

Read More

तनहुँ – प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युत्गृहलगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिएका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरे । आज तनहुँका केही कार्यक्रममा सहभागी हुन आउनुभएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गरेका हुन् । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका…

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । हिजो बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा जारी छ । एमाले नेताहरुका अनुसार एमालेको यो केन्द्रीय कमिटीको बैठक विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने छ । बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

Read More