Author: महेन्द्रनगर पोष्ट

लस एन्जलस -पोल्यान्डकी क्यारोलिना बिलावस्काले ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेकी छिन्। ‘मिस वर्ल्ड’ को ७०औँ संस्करण बुधबार पुएर्तो रिकोको कोका–कोला म्युजिक हलमा सम्पन्न भएको थियो। ‘मिस वर्ल्ड’ को आधिकारिक वेबसाइटका अनुसार बिलावस्कालाई २०२० की ‘मिस वर्ल्ड’ जमैकाकी टोनी-एन सिंहले ताज लगाइदिएकी थिइन्। ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेपछि बिलावस्काले भनिन्, ‘मेरो नाम सुनेर म छक्क परेँ। मलाई अझै पनि विश्वास लागेको छैन। मिस वर्ल्डको उपाधि पाउँदा गौरवान्वित भएकी छु।’ प्रतियोगितामा अमेरिकाकी श्री सैनी दोस्रो र आइभरी कोस्टकी ओलिभिया येस तेस्रो भए। २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन्। मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न…

Read More

काठमाडौं- कक्षा १२ को परीक्षा आउँदो जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उनले बताए। यस पटकको प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो। यस वर्ष झन्डै चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Read More

काठमाडौ- ललितकला क्षेत्रका कलाकारको एक समूह आज काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उनीहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गरे। उनले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे।पर्वको अबसरमा त्यसैलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको लामा सुनाउँछन्।…

Read More

चन्द्रौटा-गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन्। अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए। कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसिसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे। उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए। “वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ”, उनले भने, “नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री…

Read More

काठमाडौं-मध्यपुरथिमिको ऐतिहासिक सम्पदास्थल निगु पुखु अर्थात् दुई पोखरीमा चर्चित गायकहरुको प्रस्तुतिसँगै पानीमा डुबुल्की मार्दै भक्तपुरका बासिन्दाले यस वर्षको होली भव्यरूपमा मनाएका छन्। नमस्ते ख्वप टेलिभिजन र लायन्स क्लब अफ नमस्ते ख्वपले संयुक्तरूपमा आज दुई पोखरीमा आयोजना गरेको म्युजिकल कन्सर्टसहितको होली कार्यक्रममा गायक गायिकाको प्रस्तुतिमा पोखरीको पानीमै सयौँ युवायुवतीले झुम्दै नाच्दै एकआपसमा सौहार्दरूपमा रङ खेल्दै होली मनाएका छन्। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चर्चित गायक धीरज राई, मानस राज, शशिकला राई, कपिल कसपाल, रोशन धौभडेल, प्रविण शाही, किरणकुमार शाक्य, कुमार योञ्जन लामालगायतले गीत गाएका थिए। होलीलाई शान्तिपूर्ण, सौहार्दरूपमा एकापसमा रमाइलो गरेर मनाउनुपर्ने सन्देश प्रवाह गर्दै हर्षोल्लासका साथ…

Read More

कैलाली-नेपाली कांग्रेस कैलालीमा नवनिर्वाचित सभापति सहित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन्। बुधबार पार्टी कार्यालयमा जिल्ला कार्यसमितिको पदस्थापना कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति नारायणदत्त भट्ट सहितको पदाधिकारी तथा कार्यसमितिले कार्यभार सम्हालेका हुन्। नेपाली कांग्रेस कैलालीका निवर्तमान उपसभापति प्रकाशबहादुर बमले कार्यालयको चावी, फाईल र प्रोजेक्टर सभापति भट्टलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा सभापति भट्टले आफू सधैँ पार्टीको हितमा मात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म व्यक्ति कसैलाई मन पर्छु वा पर्दैन त्यो थाहा छैन। मलाई गाली गर्नुस वा जे मन लाग्छ त्यो भन्नुस तर, भोट हाल्ने दिन छातीमा हात राखेर म कांग्रेस हुँ भन्नुहोस’ उनले भने ‘यदि त्यस्तो गर्नुभएन। पार्टीभित्र बसेर खुट्टा तान्ने…

Read More

कैलाली- कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ। वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए। “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ। प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने…

Read More

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई दिइएको छ। माओवादी केन्द्रको बिहीबार बसेको बागमती प्रदेश समितिले चितवनको इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनपछि जिल्लाको इन्चार्ज नियुक्त गरेको थिएन । माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य रहेकी दाहाल भरतपुर नगरपालिकाको मेयर समेत हुन्।

Read More

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले मृतक स्वर्गीय बीमित गौरी प्रसाद भाटको श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको हो। मृतक गौरी प्रसाद भाट १ वर्षको पहिले बीमांक रकम २ लाख रुपैयाँको जीवन बीमा गराएका थिए। टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलिराम चौधरी र एजेन्सी मेनेजर बिष्ण जोशी लगायत स्थानियाको उपस्थिति रहेको थियो।

Read More

म्याड्रिड – स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् । उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।

Read More