कैलाली- कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ।
वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए।
“खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ।
प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिईनेछ।
उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो।