काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले मृतक स्वर्गीय बीमित गौरी प्रसाद भाटको श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको हो।
मृतक गौरी प्रसाद भाट १ वर्षको पहिले बीमांक रकम २ लाख रुपैयाँको जीवन बीमा गराएका थिए। टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलिराम चौधरी र एजेन्सी मेनेजर बिष्ण जोशी लगायत स्थानियाको उपस्थिति रहेको थियो।
Facebook Comments Box