Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ । पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ। ’ राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीग्लौजमा उत्रिएको विश्लेषण हुन थालेको छ ।

Read More

काठमाडाैँ – निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई पनि आफ्नै चुनाव चिन्ह दिने तयारी गरेको छ। बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको छ। तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ। ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय चुनावमा भाग लिनका लागि ७३ साना दल आयोगमा दर्ता भएका छन्। तर राष्ट्रिय मान्यताप्राप्त नगरेका साना दललाई स्वतन्त्र उम्मेदवारकै हैसियतको चुनाव चिन्ह दिने भएपछि विरोध हुँदै आएको थियो।

Read More

खोटाङ-जिल्लाको राखाबाङ्देलमा प्रहरीको अस्थायी पोस्ट स्थापना भएको छ । ऐँसेलुखर्क गाउँपालिका–१ स्थित राखाबाङ्देल भौगोलिक दृष्टिले विकट छ । सुरक्षा निकायबाट टाढा पर्ने सो क्षेत्रको सुरक्षार्थ त्यहाँ अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । उक्त पोस्टको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार सो पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जनाको प्रहरी टोली रहनेछ । पातलो बस्ती र सुरक्षाका दृष्टिले संवेदनशील मानिएको सो स्थानमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको उनले बताए । प्रहरी चौकी स्थापना गर्न पटक–पटक माग गर्दै आएका स्थानीयले चौकी…

Read More

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताएका छन् । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउनेछ । निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

Read More

काठमाडौं-रौतहटमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन्। ​ रौतहटको वृन्दान्दावन नगरपालिका–६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। प्रहरी चेकिङमा गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका छन्।

Read More

कञ्चनपुर-स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । “निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भने, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।” एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए। तीन सय ४० मतदान…

Read More

काठमाडौँ-संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ। प्रतिनिधिमण्डलले बुधबार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायतबारे जानकारी लिएको श्रममन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए। उनीहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा…

Read More

भक्तपुर-जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरे। यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताए। सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य…

Read More

जनकपुर-मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो। यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ। प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पु¥याउने परम्परा रहेको मिथिला बिहारी मन्दिरका महन्थ रामनरेश दासले बताए।उक्त डोला…

Read More

ताप्लेजुङ-जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष घनेन्द्र मादेनको अध्यक्षतामा बुधबार बसेको बैठकले पाँच दिनभित्र प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गरेको हो । सहायक प्रमूख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डा दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको हो । उक्त समितिले प्रतिवेदन…

Read More