Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज शुक्रवार कुराकानी भएको छ। युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन्। वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थियो। अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ। राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थियो। उनीहरूले रुस–यूक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल…

Read More

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ। काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै संसदीय समिति गठन र विविध गरी ३ वटा एजेण्डा तय गरिएको छ । काँग्रेसभित्र आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउने कि नबनाउने भन्नेबारे अन्तरविरोध…

Read More

काठमाडौं – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।

Read More

काठमाडौं-अस्ट्रेलियाले फेसबुकको ‘प्यारेन्ट कम्पनी’ मेटाविरुद्ध कानुनी कारबाही सुरु गरेको छ। मेटाले सेलिब्रेटीका झूटा भनाइहरु राखेर गरिएका ‘स्क्याम’ विज्ञापनहरूलाई अनुमति दिएको आरोप लगाउँदै अस्ट्रेलियाले मेटाविरुद्ध कानुनी कारबाही अघि बढाएको बीबीसीले उल्लेख गरेको छ। मेटाले जानीजानी नक्कली क्रिप्टोकरेन्सीका विज्ञापनहरूलाई अनुमति दिएर ‘झूटो, भ्रामक’ कार्यलाई प्रोत्साहन गरेको एक नियामकले भने। अमेरिकी कम्पनी मेटालाई आर्थिक र अन्य जरिबाना हुन सक्ने बताइएको छ। मेटाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन तर उसले यसअघि नै स्क्यामरहरूलाई आफ्नो प्लेटफर्मबाट टाढा राख्न प्रतिबद्ध रहेको जनाएको थियो। ‘अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन’ (एसीसीसी)ले त्यस्ता विज्ञापनहरू फेसबुकको ‘एल्गोरिदम’लाई प्रयोग गरी संवेदनशील प्रयोगकर्ताहरूमाझ पुर्‍याइएको र अस्ट्रेलियाका सेलिब्रेटीहरूका फर्जी भनाइहरू प्रयोग गरिको बताएको…

Read More

दार्चुला-दार्चुला सदरमुकाम खलंगाको भित्री गल्लीमा रहेको एउटा पसलबाट प्रहरीले चरेस सहित एक जनालाई पक्राउ गरेको छ। किराना पसलमा चेकजाँच गर्दा ६ सय १० ग्राम चरेस सहित पसल सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए। पक्राउ पर्नेमा व्यास गाउँपालिका वडा नं ५ धौलाकोट घर भई सदरमुकाम खलंगा बस्दै आएका मोहन सिह विष्ट रहेको उनले बताए।

Read More

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा भएको कामबाट आफु खुसी भएको बताएका छन्।शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले महानगरवासीको दैनिक जीवन सहज बनाउने गरि काम गरेको दाबी गरे। ‘मेरो कार्यकालमा धेरै काम गरेको छु। महानगरवासी खुसी छन्। म पनि खुसी छु,’ उनले भने,’ एक दिन व्याख्यात्मक रुपमा भनौला केहि गर्न नसकिएका काम पनि छन्।’ उनले भएका कामहरु बारे ३२ वटै वडाध्यक्षलाई समेत सोध्न आग्रह गरे। उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै सम्पदा संरक्षणको काम भएको दाबी गरे। निर्वाचित भएर आएपछि पहिलो प्राथमिकता नै २०७२ सालको शक्तिशाली भुकम्पबाट क्षतिग्रस्त  सम्पदाको पुननिर्माण र जिर्णोद्वार रहेको उनको भनाइ छ। काष्ठमण्डप, कमलपोखरी,  दरबार हाइस्कुल, विभिन्न वडामा रहेका…

Read More

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उनले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गरे। प्रधानमन्त्री देउवाले कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गरे। यसबाट जलवायु परिवर्तन, खाद्य सुरक्षा, भ्याक्सिन…

Read More

काठमाडौं-बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ । नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि प्रसन्नता व्यक्त ग¥यो । नेपाल भ्रमणमा रहेको बैंकका प्रतिनिधिसँग परिसङ्घले छलफल गर्ने कार्यक्रम तय भएको थियो । सोही क्रममा आज होटल हायात प्यालेसमा भेटवार्ताको प्रबन्ध गरिएको थियो। नेपालका बैंक तथा वित्तीय सस्थाको साझा संस्थाको रूपमा रहेको परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले एडीबीका उपमहानिर्देशक मनमोहन परकाशलाई ढाका टोपी लगाइदिएर स्वागत गरे। नेपाली व्यवसायीको न्यानो स्वागत पाएर एडिबी टोलीले समेत खुसी व्यक्त ग¥यो। एडिबी प्रतिनिधिमण्डलको साझा धारणा थियो, “यही कारण त…

Read More

अछाम-अछाममा मोटरसाइकल दुर्घटना हुँदा लेखापालको मृत्यु भएको छ। मंगलसेन साँफेबगर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको हो। से ६ प१८९९ नम्बरको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More

कैलाली– कैलालीको टीकापुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । शुक्रबार टीकापुर नगरपालिका-४ असनेरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा स्थानीय १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परि थप एक जना घाइते भएका छन। से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Read More