Author: Dipak Dhamala

काठमाण्डाै – मौसम खुलेसँगै किसान धान काट्न व्यस्त भएका छन् । मध्यपहाड तथा तराई क्षेत्रमा पाकेको धानबाली भित्र्याउने क्रम सुरु भएको छ । यसवर्षको मनसुन सक्रिय भएलगत्तै छिटो पाक्ने जात लगाएका किसानलाई यतिबेला धान काट्न, चुट्न र थन्काउन भ्याइनभ्याइ छ । यसवर्ष मनसुन बाहिरीने बेला परेको पानीले पश्चिमी क्षेत्रमा धानबालीमा क्षति समेत गरेको छ । कृषि विज्ञले धान काट्नु र चुट्नु अगाडि मौसमबारे जानकारी लिन, कृषि बुलेटिनको सहयोग लिन र यसका लागि नजिकको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् । यसपाली पनि मौसमले खासै साथ नदिएको, किसानले मल नपाएको तथा बाढी र डुबानले क्षति गरेपछि उत्पादन केहि घट्न सक्ने…

Read More

काठमाण्डाै – गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदकसहित १ सय ८ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदकसहित १ सय २० पदक हात पारेको छ । त्यस्तै गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदकसहित ६१ पदक जित्दा वाग्मती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित…

Read More

काठमाण्डाै – आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ…

Read More

काठमाडौं- ‘ओनसरी घर्तीलाई यहाँ (काठमाडौं – २ ) बाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरूको अगाडि पठाउनेछौं,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं -२ का पार्टी उम्मेदवारको पक्षमा मत माग्दै दिएको अभिव्यक्ति हो यो। मतदातालाई प्रभावित पार्न र पार्टी उम्मेदवारलाई मंसिर ४ को निर्वाचनमा जिताउन पद, प्रतिष्ठा र विकासको आश्वासन दिने दाहाल एक्ला नेता होइनन् ।मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताले आआफ्नो हैसियतअनुसार विकास निर्माणदेखि पद र प्रतिष्ठाको आश्वासन विगतमा जस्तै यस पटक पनि दिन सुरु गरेका छन् ।उम्मेदवार र नेताहरूको हैसियतअनुसार…

Read More

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ । योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । इबोला भाइरसबाट सर्ने एक रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्क्रमणबाट सुरुमा एक्कासि ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने,…

Read More

काठमाण्डाै – झापामा आफैलाई गोली हानेर एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका–८ जुरोपानी का ३६ वर्षका बिरन साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नाताले भतिज पर्ने हेमराजलाई गोली हानेर फरार बिरनको शव सुकुना खोला किनारमा फेला परेको हो । बिरनले आफैलाई गोली हानेर ज्यान गएको प्रहरीको भनाई छ । घटनामा घाइते भएका हेमराजको बी एन्ड सी अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, गोलीको खोका र १५ राउण्ड गोली फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ७४ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर…

Read More

काठमाडौं – ‘मेरो सामुन्ने मेरो पार्टी र विचार जोगाउनुपर्ने चुनौती छ । केही समय यता मेरो राजनीतिक भविष्यलाई समाप्त पार्ने देशी–विदेशी षड्यन्त्रहरु भइरहेका छन् । विगतमा मैले राष्ट्रियताका पक्षमा लिएको अडानका कारणले मलाई राजनीतिक रुपमा समाप्त पार्न चाहने प्रयासहरुलाई परास्त गर्नुपर्ने आवश्यकता छ, जुन वास्तविकतालाई दृष्टिगत गर्दै मैले राष्ट्रवादी पार्टीको रुपमा पहिचान बनाएको नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हुँ’, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो फेसबुक पेजमा राखेको भिडियो सन्देशमा व्यक्त गरेका विचार हुन् यी । अध्यक्ष थापाले आफ्नो पार्टी र विचार जोगाउनकै लागि नेकपा एमालेको चुनाव चिह्नबाट चुनाव लड्न लागेको प्रस्ट्याउन खोजेका छन् । तर थापाले भनेजस्तो एमालेको चुनाव चिह्नबाट…

Read More

काठमाडौं – सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोजन्य विपद्ले क्षतिग्रस्त जुम्ला जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँपालिका १, २, ३, ४, ६ र ७ वडालाई तीन दिन अघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । यसको अध्ययन गर्न उपसचिव इञ्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला आइपुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । सरकारले जुम्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि जोखिममा परेका बस्तीको अध्ययन गर्न प्राधिकरणबाट टोली आएपछि बुधबार…

Read More

काठमाडौं – हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ ।  भोलि भने  सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

Read More