Author: Saru Shrestha

भैरहवा – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारतका सुरक्षा निकाय र प्रशासनबीच सीमा सुरक्षा बैठकले ७२ घण्टा सिमा नेपाल भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शनिबार नेपालतर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारततर्फबाट सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरु बीच भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट वोर्डर बन्द (सिल) गर्ने निर्णय गरेको हो । बैठकले सिमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान…

Read More

धनगढी – कैलालीको धनगढी बजारको मुख्य सडक फराकिलो बनाउनको लागि ४ दिन देखि संरचना हटाउने कार्य जारी रहेको छ । धनगढी उपमहानगरपालिकाले मुख्य सडकको १५/१५ मिटर दायाँ बायाँ पर्ने भौतिक संरचना हटाउन लागेको हो । सोही कार्य अन्तरतग आज लक्ष्मी नारायण मन्दिरका संरचना उपमहानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नगरपालिकाले आज शनिबार बिहानैदेखि २ वटा डोजर प्रयोग गरेर संरचना भत्काइरहेको छ । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५र/१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काइरहेको हो । गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो तर व्यवसायीहरुले…

Read More

धनगढी- जिल्ला निर्वाचन कार्यालय, कैलालीले जिल्लामा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मत बदर हुन नदिन कार्यालयले स्थानीय तहमार्फत मतदाता शिक्षा कार्यक्रम अघि बढाएको कार्यालयले जनाएको छ । यसैक्रममा शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकास्थित सुख्खडमा नमुना मतदान गरिएको थियो । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो ।…

Read More

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् । कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले भाषण गरिरहेका बेला भिडबाट भीम रावलको नाम उच्चारण भएको थियो । रावलको नाम सुनेपछि आक्रोशित बनेका ओलीले अब उनको पालो सकिएको बताएका थिए । ‘भीम रावलको तपाईंलाई किन चिन्ता रु ०४८ सालदेखि एकछिन मुख खाली छैन । बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता रु अरूलाई पालो दिनुपर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल रु थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि…

Read More

सप्तरी – जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले भने, ‘अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’ अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताउदै उनले अहिले पनि आफू मधेशलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित,दलित, अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशिल रहेको बताए । संघीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेशमा जनंसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको…

Read More

आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थियो । अमेरिकी सिरियल किलरको स्वीकारोक्ती सन् २००३ मा अमेरिकाका कुख्यात सिरियल किलर ग्रे रिडग्वेले सन् १९८० र १९९० को दशकमा भएका शृंखलाबद्ध आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । उनले कम्तिमा ४९ महिलाको हत्या गरेका थिए । क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास सन् १९९५ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जिन क्रिटिनको हत्या प्रयास…

Read More

दाङ – घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका-१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए । त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको दाङ प्रहरीका प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए । बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको उनले…

Read More

धनगढी – बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो । सोही अनुसार जिल्लाभरिमा १ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । निर्धारित समयमा हातहतियार नबुझाउनेसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन् ।

Read More

अछाम – अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गरे । विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । स्वतन्त्र उम्मेदवार बोगटीलाई…

Read More

काठमाडौं – निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा…

Read More