Author: Dipak Dhamala

काठमाण्डाै – ललितपुरको महालक्ष्मी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको ज्यान गएको हो। ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । २६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

Read More

काठमाण्डाै – सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि  अवरुद्ध बनेको छ।  जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको प्रहरीले बताएको छ। पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ। अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाण्डाै – प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई मत हाल्न पाउने छैनन्। गुल्मीका सागर डडेल्धुराबाट उठेका छन्। ढकाल प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग प्रतिस्प्रधा गर्ने छन्।

Read More

काठमाण्डाै – ललितपुरको बुङ्गमतीमा आज बुङ्ग महोत्सव हुँदैछ । मौलिक कला, संस्कृति, सम्पदा, खाना, भेषभुषा लगायतलाई समेटेर महोत्सव हुनलागेको हो । बुङ्गमतीको सांस्कृतिक सम्पदा र संस्कृतिको उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको ‘इकोज इन द भ्याली’ ले जनाएको छ । संस्थाका अनुसार युरोपियन युनियनको सहयोगमा स्वीच एसिया कार्यक्रम अन्तर्गत यूएन ह्याबिट्याट, लुमन्ती, सीआईयूडी, आईएचएस सभामार्फत सञ्चालित पर्य–सम्पदा परियोजना अन्तर्गत संस्थाले सहकार्य गरेर महोत्सव गर्न लागेको हो । आज बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने महोत्सवमा हस्तकला, काष्ठकलाको प्रदर्शनी, नेवारी खाना पाककला, वास्तुकलाको प्रदर्शन, परम्परागत नेवारी तथा रञ्जना लिपि लेखन, परम्परागत खेल, बालबालिकाका लागि कथा कथन, साङ्गीतिक प्रस्तुतिहरुसँगै…

Read More

काठमाण्डाै – नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ । अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ । अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित सामान्य पानी सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको…

Read More

काठमाण्डाै – कालीकाेटमा ९ दिनपछि विद्युत् आपूर्ति हुन थालेकाे छ । लगातारकाे वर्षापछि कालीकाेट, दैलेख र जुम्लाका विभिन्न ठाउँमा गएकाे पहिराेका कारण असाेज १९ गतेदेखि बन्द भएकाे विद्युत् सेवा हिजाेदेखि सुरु भएकाे हाे ।  दैलेखकाे दुल्लु सबस्टेशनदेखि कालीकाेटकाे मान्म सबस्टेशनसम्मकाे ६० किलाेमिटर क्षेत्रभित्रकाे अवराेध हटाएपछि विद्युत् सेवा सुरु भएकाे नेपाल विद्युत् प्राधिकरण कालीकोटका कार्यालय प्रमुख विमल शाहले बताउनुभयो । ठाउँठाउँमा गएकाे पहिरोले रुख ढलेर विद्युतीय संरचनामा क्षति पुर्याएकाे उहाँले बताउनुभयाे । पहिराेकै कारण सडक अवरद्ध हुँदा विद्युत् सेवा समयमै सञ्चालनमा ल्याउन नसकिएकाे शाहले बताउनुभयाे । केही ठाउँमा भने पहिराेले क्षति पुर्याएका ११ केभी लाइनका पाेलहरुकाे मर्मत भइरहेकाे नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ।

Read More

काठमाण्डाै – चुनावमा धेरै मतदाताले युवा उम्मेदवारलाई प्राथमिकता दिन आवाज उठाउँदै आए पनि मुख्य दलहरुले यसको बेवास्ता गरेका छन् । ठूला पार्टीहरुबाट युवा उम्मेदवारको सङ्ख्या कम छ । स्वतन्त्रबाट भने धेरै युवाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरणअनुसार एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने युवाको सङ्ख्या ४६ मात्रै छ । ४० वर्ष उमेरसम्मका उम्मेदवारमध्ये एमालेबाट सात, माओवादीबाट ६, कांग्रेसबाट तीन तथा जसपा र लोसपाबाट १५/१५ जना छन् । एकीकृत समाजवादीबाट ४० वर्षमुनिका युवा उम्मेदवार नै छैनन् । प्रतिनिधि सभा र र प्रदेश सभा चुनावका लागि देशभर ५ हजार ६ सयभन्दा धेरै उम्मेदवार रहेकोमा ४१ देखि ५०…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो । आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै नियमित अनुगमन गर्न काउन्सिललाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ । सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो । यस्तै, आयोगले पत्रकार आचारसंहिताको दफा १२ मा…

Read More

काठमाण्डाै – नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो । डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको ‘क’ र ‘ख’ दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको थियो । डडेलधुराको प्रतिनिधि सभामा एमालेको उम्मेदवार कोही छैनन् । प्रदेश सभामा भने ‘क’ मा पठान सिंह बोहरा र ‘ख’ मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् । डडेलधुरा प्रधानमन्त्री तथा…

Read More

काठमाडौं – ०७४ मा कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ २४ मध्ये जम्मा १ सिट जितेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा गठबन्धन दलहरुसँगको सहयोगमा १२ सिटमा उम्मेदवारी दिएको छ । कर्णाली प्रदेशसभामा कांग्रेसले गठबनधनका अन्य दलको तुलनामा बढी सिटमा उम्मेदवारी दिएको हो । माओवादीले कर्णाली प्रदेशसभामा १० सिटमा उम्मेदवारी दिएको छ । माओवादीले ०७४ मा कर्णाली प्रदेशसभाको प्रत्यक्षतर्फ ९ सिट जितेको थियो । सत्तारुढ गठबन्धनभित्र भागबण्डा अनुसार कांग्रेसले दैलेखमा ३, सुर्खेतमा २, सल्यानमा १, हुम्लामा १, कालिकोटमा १, डोल्पामा १, जुम्लामा १ र जाजरकोटमा २ सिट पाएको छ । मुगु र रुकुम पश्चिममा कांग्रेस सिटबिहीन बनेको छ । कांग्रेसले आसन्न निर्वाचनमा प्रदेशसभा सदस्य पदका…

Read More