धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका-५ काे दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मृत्यु हुनेमा बेलौरी ४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवर रहेका छन् ।
उनीहरु शनिबार दिउँसो पौडी खेल्न नदीमा पसेका थिए । सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् ।
उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डीएसपी जोशीले बताए ।
Facebook Comments Box