Author: Dipak Dhamala

काठमाडौं- ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४…

Read More

काठमाडौं- धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् । साहलाई जनकपुरधाम उपमहानगरपालिका(७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डीएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर…

Read More

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ । गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको र यो काम भदौको दोस्रो हप्ता सक्ने कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले भने ‘अहिले इन्ट्रीको काम भइरहेको छ । दोस्रो हप्ता सकिन्छ । नतिजा सार्वजनिक हुने समय भन्न अहिले अलि हतार हुन्छ ।’ नतिजा प्रकाशन यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार हुनेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्क…

Read More

काठमाडौं- कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन्। उनी हिजो (बुधबार) आफ्नै घरमा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनले विषादी सेवन गरेर आत्महत्या गरेको खुलेको हो। पारिवारिक तनाव तथा घरायसी समस्याका कारण उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ। सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन्। सो लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ। त्यसपछि उनले आत्महत्या गरेकी थिइन्। अहिले प्रहरीले कुनै जाहेरी नआएको तर शवको पोस्टमार्टमपछि आफन्तले बुझिसकेको जनाएको छ।…

Read More

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए ।‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

Read More

काठमाडौं – नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ । दिनभर छलफल भएको उक्त बिधेयक विहीबार नै पारित गर्ने सरकारको तयारी छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ को संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ गठबन्धनले भने उक्त विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ ।

Read More

काठमाडौं – कञ्चनपुरमा गत महिना ३० गते एक युवती मृत फेला परिन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा २५ वर्षीया शान्तीदेवी धामी मृत फेला परेकी थिइन्। अहिले उनी मृत फेला परेपछि सो घटनामा घटनामा परिवारका ६ जनाविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन्। जाहेरीपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढाएको जनाएको छ। आत्महत्या दुरुत्साहनमा बुधबार माइती पक्षले किटानी जाहेरी दर्ता गरेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए।मृतक पार्वतीका श्रीमान भने भारतमा रोजगारी गर्दै आएका छन्। प्रहरीकाअनुसार घटना भएका बेला उनी भारतमै थिए। उनका श्रीमानविरुद्ध भने किटानी नपरेको प्रहरीले बताएको छ। मृतकका दुई जना छोराछोरी छन्।

Read More

काठमाडौं – कैलालीका पत्रकार बिराज रोस्यारा दुर्घटनामा घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ३८ वर्षीय पत्रकार रोस्यारा बुधबार साँझ दुर्घटनामा परेका हुन्। उनी सवार से २ प १९८६ नम्बरको मोटरसाइकल मोहनापुल–अत्तरिया ६ लेन सडकको सहिद गेट नजिक दुर्घटनामा परेका कैलाली प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनको मोटरसाइकलले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय मीनबहादुर रसाइली घाइते भएका छन्। उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।

Read More

काठमाडौं – सत्ता गठबन्धनको शीर्ष नेताहरुको  बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची समावेश छ । 

Read More