काठमाडौं- कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन्। उनी हिजो (बुधबार) आफ्नै घरमा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनले विषादी सेवन गरेर आत्महत्या गरेको खुलेको हो। पारिवारिक तनाव तथा घरायसी समस्याका कारण उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ। सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन्। सो लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ। त्यसपछि उनले आत्महत्या गरेकी थिइन्। अहिले प्रहरीले कुनै जाहेरी नआएको तर शवको पोस्टमार्टमपछि आफन्तले बुझिसकेको जनाएको छ। जाहेरी आए अनुसन्धान गरिने पनि बताइएको छ।
Facebook Comments Box