Author: Dipak Dhamala

काठमाडौं – देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान बागमती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली, प्रदेश १, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम…

Read More

काठमाडौं – संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् । माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

Read More

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।

Read More

काठमाडौं- दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्। गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो।यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।उनीहरुको…

Read More

 काठमाडौं – नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षले न्यायोचित हिस्सेदारीको माग गरेको छ । संस्थापन पक्षविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु सभापति देउवा समूहविरुद्ध खनिएका हुन् । भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् । केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएकोप्रति नेताहरुले खेद प्रकट गरे । ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले चेतावनी दिँदै भने, ‘दिने भए न्यायपूर्ण तरिकाले देउ । होइन भने तिमीले नै…

Read More

काठमाडौं – धनुषा, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।  मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ-आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् । प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिरकण पछि हटेको छ । बुधबार भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् । ‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो…

Read More

काठमाडौं – बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको जानकारी आएको उनले बताए । फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदै गरेको कँडेलले बताए। उद्धार टोली साँझसम्म आइपुग्ने बताइएको छ। 

Read More