काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् । प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिरकण पछि हटेको छ । बुधबार भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् । ‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनाता छैनन् ? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस्,’ उनले प्राधिरकणका कर्मचारीलाई प्रश्न गरिन्, ‘सोचनीय कुरा हैन ? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’ उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्याउने कार्यमा लाग्न निर्देशन दिइन् । ‘कर्मचारी मात्रै नबनौं, दशेभक्त नागरिक बनौं’ उनले भनिन् । उनले यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको बताइन् । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो । यसतै ४२ महिनाको सावधिक जीवन बीमालाई ५२ महिनाको बनाएको उनले जानकारी दिइन् ।
Facebook Comments Box