Author: Nisha Shrestha

कैलाली – हिन्दूहरुको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ । कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ । टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका छन् । “हामी आफैँ मिलेर मन्दिर निर्माण गरिरहेका छौँ । मन्दिर निर्माणमा सहयोग हुनुका साथै पर्व र संस्कृतिको समेत जगेर्ना हुन्छ”, मन्दिर निर्माण समितिका सचिव रत्नप्रसाद पोख्रेलले भने, “देउसी भैलोमा बच्चादेखि वृद्धसम्म सहभागी छौँ । उठेको सबै रकम मन्दिर निर्माणमा खर्च गर्छौँ ।” टीकापुरका नरेश जैसीको समूहले पनि देउसी…

Read More

काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति टिप्पणी गरेका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा टिप्पणी गरेका हुन् । नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’ आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ ।

Read More

बुटवल – बुटवलका डेंगु संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको हो । दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो । स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो । बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए । स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र…

Read More

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४४८ पिसिआर परीक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – विवेकशील साझा पार्टीले जनप्रतिनिधिहरूको विषयमा राइट टू रिकल र राइट टू रिजेक्टको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ । पार्टीले अगामी निर्वाचनका विजय हासिल गरे भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्ने पनि बताएको छ । पार्टीले मंगलबार मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा आत्मनिर्भर र दिगो अर्थतन्त्रको चार खम्बाको रूपमा प्रविधि, जलविद्युत्, कृषि र पर्यटनलाई राखिएको छ । यस्तै, जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गरिने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयलाई प्राथमिकता राखिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । घोषणापत्रले…

Read More

काठमाडौँ – नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्ना नेता कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिएका छन्। भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिएका छन्। उनले गएको पाँच वर्ष आफ्नो कार्यकाल सफल भएको दाबी गरे। एमाले नेतृत्वको सरकारले हालेको बजेट काटेर भक्तपुरको विकास रोकेको उनको आरोप छ। देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको उनले बताए । उनले भने, ‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधै जोडिन टेलिफोन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा…

Read More

काठमाडौँ – आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं.६ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान र नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् । पूर्वरक्षामन्त्री प्रधानविरुद्ध एमालेले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाललाई उभ्याएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो । काँग्रेस काठमाडौँको सदस्यदेखि सचिव, उपसभापति हुँदै जिल्ला सभापतिसमेत भएर काम गरिसकेका नेता प्रधान चौथो पटक चुनावी मैदानमा छन् । तर, प्रहरीको जागिरबाट अवकाश पाएका खनाल ६ असोजमा मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन् भने पटक–पटक चुनाव जितेका प्रधान यसअघि रक्षामन्त्री थिए । यसपटक यहाँबाट प्रतिनिधिसभा सदस्यकालागि प्रधान र खनालबीच उच्च प्रतिस्पर्धा हुन सक्ने…

Read More

भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरु रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाइ छ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाँणले गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने…

Read More

काठमाडौं – सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।

Read More

काठमाडौँ – देशको शक्तिशाली सेनाको आलोचकका रूपमा चिनिएका पाकिस्तानका एक चर्चित पत्रकारको केन्यामा हत्या भएको छ । पाकिस्तान छाडेको दुई महिनामा नै उनको हत्या भएको हो । अर्शद शरिफकी पत्नी जाभेरिया सिद्धिकीले ट्वीट गर्दै उनको हत्या भएको जानकारी दिएकी छिन् । उनीमाथि देशद्रोहसहितका मुद्दा लगाएपछि पक्राउ पर्नबाट जोगिन ४९ वर्षीय पत्रकारले गत अगस्तमा मात्र पाकिस्तान छाडेका थिए । पूर्व प्रधानमन्त्री इमरानका खानका सहयोगी शहबाज गिलसँगको अन्तरवार्तामा गिलले सेनाविरुद्ध कथितरुपमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो । आफ्नो ज्यानविरुद्ध खतरा रहेको बताउँदै उनी दुबई पुगेका थिए भने त्यसपछि उनी केन्या पुगेका थिए । उनले आठ वर्ष काम गरेको एआरवाईले गत अगस्तमा…

Read More