Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन्। २७ र २८ पुसमा धनगढीमा बसेकाे रास्वपाकाे पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार सहमहामन्त्रीमा कठरीयालाई सर्वसम्मत रूपले चयन गरेकाे हाे। उनी यसअघि रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी(नाउपा) को केन्द्रीय सहसचिव थिइन्। तर कठरिया पछिल्लो १० महिनादेखि भने रास्वपामा आवद्ध रहेकाे उक्त पार्टीले जनाएको छ। रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले सहमहामन्त्री चयन भएकी कठरियाकाे राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको बताए।

Read More

धनगढी: धनगढीमा पोटली नामको रेष्टुरेन्ट सञ्चालनमा आउने लागेको छ। धनगढीस्थित तारानगर क्षेत्रमा भोलीदेखि पोटलीको सुभारम्भ हुन लागेको हो। भोलि सो रेस्टुरेन्टको उद्घाटन हुन लागेको सञ्चालकले बताएका छन्। नयाँ स्वरुपमा खुल्न लागेको सो रेस्टुरेन्टमा अत्याधुनिक सेवा सुविधा रहेको बताइन्छ। जसमा चिया कफी लगायत खाना तथा बारको समेत सुविधा हुने छ।

Read More

धनगढी: अत्तरियाको सत्कार होटल एण्ड लजबाट यौन गतिविधीमा संलग्न रहेको एक जोडीलाई पक्राउ गरिएको छ। गोदावरी नगरपालिका–२ पहाड रोडमा सञ्चालनमा रहेको होटलमा यौन गतिविधीमा संलग्न कृष्णपुर नगरपालिका–५ का २४ वर्षीया निमबहादुर चौधरी र २८ वर्षीया पार्वती बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले अनैतिक गतिविधीमा संलग्न रहेका उनीहरुलाई होटलमा छापा हानेर पक्राउ गरिएको जानकारी दिए। दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीमा मध्यरातमा प्रहरीले जुवाखालमा छापा हानेको छ। सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ का जीवन खत्रीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। सो क्रममा जुवातास खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का तपेन्द्र खड्का, बिनोद अधिकारी, सुरज ओली, सुुर्खेतको चौकुुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया–१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनकाअनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद…

Read More

काठमाडौं: नेपाल प्रहरीमा जनपदतर्फ रिक्त रहेको प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशित भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको अन्तिम नजिता प्रकाशन गरेको हो। परीक्षामा यसपटक एकैपटक एक हजार ८५६ जना उत्तीर्ण भएका छन्। साथै प्रहरी प्रधान कार्यालयले उत्तीर्ण भएकाहरूलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू र प्रतिलिपिहरू ३-३ प्रति, पासपोर्ट साईजको फोटो ५ प्रति साथमा लिई माघ ६ गते सम्बन्धित परीक्षा केन्द्रहरूमा उपस्थित हुन भनेको छ। सूची हेर्न क्लिक गर्नुहोस्

Read More

काठमाडौं: सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ। गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए। जस अनुसार कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने सुमनराज अर्याललाई लगिएको छ। चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई सरुवा…

Read More

काठमाडौं: नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकले यसअघि बढुवा सिफारिस समितिको सिफारिस अनुसार ५ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय आइतबार गरेका हुन्। बढुवासँगै उनीहरुको पदस्थापन पनि भएको छ। इश्वर कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदास्थापन भएका छन्। राजेन्द्रप्रसाद भट्ट कार्य विभागको कार्य निर्देशनालय, दिनेशकुमार आचार्य प्रहरी महानिरीक्षकको सचिवालय, अरुण कुमार पौडेल अपराध अनुसन्धान निर्देशनालय र गोबिन्द थपलिया प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उनीहरुको पदस्थापनको निर्णय भएको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ। एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन्। अर्का एआईजी रविन्द्र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ। उनीहरु दुवै जना प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरको ब्याची हुन्। उनीहरु पनि आगामी चैत ५ गते अनिवार्य अवकास हुनेछन्। गत १७ पुसमा उनीहरूलाई बढुवा सिफारिस समितिले एआईजीका लागि सिफारिस गरेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग…

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको कैलालीको जिल्ला अध्यक्षमा जनार्दन उपाध्याय निर्वाचित भएका छन्। सक्रिय पत्रकार उपाध्याय आइतबार अध्यक्षमा निर्वाचित भएका हुन्। उनको नेतृत्वमा आज अन्य पदाधिकारी पनि निर्वाचित भएका छन्। जसमा उपाध्यक्षमा खेम पाण्डेय र लक्ष्मि घिमिरे, सचिवमा ममता बाेगटी, सह-सचिवमा राजेन्द्र विश्वकर्मा र शान्ति प्रसाद जाेशी, काेषाध्यक्षमा दसिराम चाैधरी निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित पत्रकार उपाध्याय पत्रकारको हकहित र पेशागत संगठनका लागि कटिबद्ध मान्छेका रुपमा परिचित छन्। यद्यपि उनी अध्यक्षमा निर्वाचित भएपछि सेन्टरकै केही नेता तथा पार्टीको एउटा गुटले भने विरोध जनाएको छ। पार्टीको प्रचार विभागसहित प्रतिनिधिहरुको समर्थन पाएका उपाध्यायलाई एकलौटी रुपमा अध्यक्ष बनाइएको…

Read More

धनगढी: कैलालीस्थित इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत केही प्रहरी कर्मचारीहरूविरुद्ध चोरीको मोटरसाइकल प्रयोग र गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। चोरीको मोटरसाइकल प्रयोग गर्नेमा कार्यालयका लेखा प्रमुखसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) शङ्कर कोटारी र प्रहरी जवान कबिन्द्र बोहरा छन्। उनीहरूमध्ये घुमुवा समेत रहेका बोहराले कागजात नभएको चोरीका मोटरसाइकल प्रयोग गर्दछ्न् भने कोटारीले पनि चोरीकै सवारी प्रयोग गर्ने गर्दछ्न्। कोटारीले लुम्बिनी प्रदेशबाट चोरी भएको मोटरसाइकल (ब्लुबुक समेत भएको) चोरबाट समातेर आफैंले प्रयोग गर्ने गरेका हुन्। सम्बन्धित सवारी धनिलाई मोटरसाइकल नबुझाई उनले नवीकरण नगरी दुई वर्षदेखि सो चोरीको मोटरसाइकल चलाइरेको आरोप छ। उनले सो मोटरसाइकलको नम्बर प्लेटसमेत फेरेको बताइन्छ। यी…

Read More