Author: Saru Shrestha

काठमाडौं – देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेको सल्ले भुम्लु गाउँपालिका-१० बरकोटस्थित सुनकोशी नदीको किनारमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ६ बस्ने ७५ वर्षीया इन्द्र कुमारी थापा मगर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी, बर्दियाकाे राजापुर नगरपालिका-१ टिउनीस्थित भदाली नालामा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष र सोही नगरपालिका-१ मुर्गहवा घाटस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, बागलुङकाे बागलुङ नगरपालिका-१३ कालाखोलास्थित कालीगण्डकी नदीको किनारमा पर्वत जलजला गाउँपालिका घर भएकी ३६ वर्षीया पार्वती परियार मंगलबार मृत अवस्थामा…

Read More

नवलपुर – नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम असुल गर्न बाँकी छ । कार्यालयका इन्जिनियर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । ‘तीन महिना नाघेका ग्राहकबाट १० हजारदेखि रु १६ लाखसम्म असुल गर्न बाँकी छ’ उनले भने, ‘पटक–पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन ।’ कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत् महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए । कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन् । यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले त्रिभुवन विमानस्थलमा झाँकीसहित स्वागत गरेका थिए ।

Read More

काठमाडौँ – सरकारले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसले भन्सारसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि बाटो खुलेको उनले बताइन् । मन्त्री शर्माका अनुसार विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृति गर्ने निर्णय बैठकले गरेको छ । यस्तै सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि यो अनुदान साहयता लिइएको जानकारी दिइन् । यस्तै, विद्यालय क्षेत्र…

Read More

वीरगञ्ज – जग्गा बेचेर फर्केका स्थानीयको रकमलाई स्रोत नखुलेको पैसाको सूचना दिएर पक्राउ गर्न लगाएको छ। बिचौलिया तथा तस्कर मनिष यादवको समूहले आफुहरुले पनि केही पैसा हाता लिन यस्तो योजना बनाएको तथ्य बाहिरिएको छ । प्रहरीले गत वैशाख २६ गते वीरगञ्ज महानगर र विन्ध्यवासिनी गाउँपालिकाबीचको तिलावे पुलबाट मनिषले दिएको सूचनाको आधारमा १२ लाख रुपैयाँ बोक्ने एक जनाको रकम बरामद गरेको थियो । उक्त रकमको स्रोत नखुलेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई जिल्ला अदालतमा मुद्दा चलाएको छ । पकाहामैनपुर १ धोरे निवासी मनिषले त्यसपछि पीडितको घरमा पुगी प्रहरीका एसपीलाई भनाएर छुटाइदिने प्रलोभनमा तीन लाख ४० हजार रुपैयाँ लिएको सूचना अहिले प्रहरी…

Read More

बाजुरा – बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

Read More

काठमाडौं – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो । मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन ।…

Read More

अमेरिका गएका नेपाली सेनाका तीन तारे जर्नेल सीताराम खड्का स्वदेश फर्केका छन् । खड्का आज साँझ कोरिया हुँदै काठमाडौं आइपुगेको बताइएको छ । एसोसिएसन अफ द युनाइटेड स्टेट्स आर्मीद्वारा आयोजित प्रशान्त क्षेत्रका स्थल सेनासम्बन्धी कार्यक्रममा सहभागी भएर खड्का फर्केका हुन् । दुई सदस्यीय टोली कोरियन एअरलाइन्सको उडानमा सिओल हुँदै आज साँझ साढे ६ बजे काठमाडौं आइपुगेको हो । खड्का नेतृत्वको टोली ‘ल्याण्ड फोर्स अफ दि प्यासिफिक सिम्पोजियम एण्ड एक्सपोजिसन’ कार्यक्रममा सहभागी हुन वैशाख २९ गते त्यता गएको हो । टोली अमेरिका जाँदा पनि कोरियन एअरको उडानमा सिओल हुँदै गएको थियो ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाउने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ। सुकासालमा भएको घटनाको छानविन गरी ती प्रहरी कर्मचारीलाई विभागीय कारबाही स्वरुप सचेत गराईएको हो। प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कुवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो।

Read More

झापा – बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वटा डोजर परिचालन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पटकपटक सार्वजनिक सूचना गरी हटियाको संरचना खाली गरिदिन आग्रह गर्दा व्यवसायीहरूले अटेर गरेपछि आज डोजर लगाएर हटाइएको बताए । हटियाको टहरालगायतका पुराना संरचना हटाएर सो स्थानमा नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना अघि सारेको छ । नगर विकास कोषको अनुदान तथा ऋण लगानीमा व्यापारिक भवन बनाउने परियोजना स्वीकृत भइसकेको न्यौपानेले जानकारी दिए । आज…

Read More