Author: महेन्द्रनगर पोष्ट

कास्की : कास्कीको पोखराको एउटा होटलमा एक जना युवती मृत भेटिएकी छन्। पोखरा–८, नागढुंगास्थित होटलको कोठामा तनहुँ भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत भेटिएकी हुन्। यो घटना मंगलबार दिउँसोको भएको कास्की प्रहरीले जनाएको छ। सुकुसँगै एक जना युवक मंगलबार दिउँसो ३ बजे उक्त होटल पुगेका थिए। तर, एक घण्टापछि ‘एटीएमबाट पैसा झिक्छु’ भन्दै ती युवक होटलबाट निस्केको होटल सञ्चालकले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन्। युवक फर्केर नआएपछि साँझ सञ्चालक उनीहरू बसेको कोठामा पुगेका थिए। त्यहाँ अचेत देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। सुकुलाई चरक मेमोरियल अस्पताल लगिएको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Read More

काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ। सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

Read More

कञ्चनपुर : पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रक्रिया अगाडि बढाउने छ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइसिपी निर्माण भएपछि सुदूरपश्चिमको निर्यात व्यापार प्रवर्धनमा सहयोग हुने उनले जानकारी दिए। सुुदूरपश्चिममा न्यून आयात निर्यात हुने गरेकामा आइसिपी निर्माण भएपछि यस क्षेत्रको व्यापार बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए। भारतको गुजरात, दिल्ली नजिक पर्ने हुँदा आइसिपी प्रयोग गरेर निर्यात बढाउन…

Read More

काठमाडौं : युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ। यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन्। आज बिहान इजरायलको मन्त्रिपरिषदले गाजामा अपहरण गरिएका लगभग ५० बन्धकहरूलाई रिहा गर्न सुरक्षित गर्ने सम्झौतालाई अनुमोदन गरेको हो। बाँकी बन्दीहरुका बारेमा केही नखुलाइए पनि पहिलो चरणमा ५० बन्दी रिहा गरेपछि इजरायलले प्रत्येक एक दिन युद्धविराम लम्ब्याउने र हमासले १० जनाका दरले बन्दी छाड्ने सहमति भएको छ। सहमति इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ। दुई पक्षको…

Read More

धनगढी: कैलालीको धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका– ६ को कार्यालय नजिक मट्यारीमा अन्दाजी ३३ वर्षीया महिलाको शव फेला परेका वडाध्यक्ष भागीराम चौधरीले जानकारी दिए। विद्यार्थीहरुले शौच गर्न झाडीमा गएका बेला शव देखेको उनले बताए। महिलाको शरीरको तल्लो भागमा किरा परेको छ। घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

Read More

बैतडीः बैतडीको पुर्चौडी नगरपालिकाले आज (बुधबार) र भोलि स्थानीय बिदा दिएको छ। पुर्चौडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले बिदा दिएको नगरपालिकाले सूचनामा जनाएको छ। पुर्चौडी क्षेत्रको मुख्य जात्राको रुपमा रहेको कफलखाना गिरेगडा जात्रामा स्थानीयहरुका साथै अन्यत्रका दर्शनार्थीहरु समेत आउने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको नगर प्रमुख दिपकबहादुर बमले बताए। गिरेगडा कफलखाना जात्राको अवसरमा मंसिर ६ र ७ गते अर्थात बुधबार र बिहीबार पुर्चौडी नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। हरेक वर्ष हरिबोधनी एकादशीको दिन गिरेगडा कफलखाना जात्रा हुँदै आएको…

Read More

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सो क्षेत्रमा यही ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्। जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ। यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ। यसअघि स्थानीय प्रशासनले…

Read More

काठमाडौं: इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ। यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन्। युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ। त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो। यद्यपि, यस विषयमा इजरायल सरकारले केही बताएको छैन। पहिलो चरणमा ५० जना रिहा हुने छन्। नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ।

Read More

धनगढी: कैलालीस्थित धनगढीको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो। शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तहरूको आरोप छ। शिशुको मृत्यु भएपछि आमाको पेटमा टाँका समेत नलगाएर डाक्टर अन्जर्ना शर्मा फरार भएको सुत्केरीका आफन्त सुरेश सुनारले आरोप लगाए। हिजा(मंगलबार) बिहान ७ बजे सुत्केरी हुन अस्पताल गएकोमा राति अप्रेसनका क्रममा शिशुको मृत्यु भएको सुनारले बताए। ताराको पेट काटिएकै अवस्थामा छोडेर डाक्टर अन्जर्ना शर्मा अस्पतालबाट फरार भएको उनले बताए। अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ। सुत्केरीका आफन्तहरू आक्रामक शैलीमा उत्रिएपछि चिकित्सकहरू…

Read More