धनगढी: कैलालीको धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका– ६ को कार्यालय नजिक मट्यारीमा अन्दाजी ३३ वर्षीया महिलाको शव फेला परेका वडाध्यक्ष भागीराम चौधरीले जानकारी दिए।
विद्यार्थीहरुले शौच गर्न झाडीमा गएका बेला शव देखेको उनले बताए। महिलाको शरीरको तल्लो भागमा किरा परेको छ।
घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
Facebook Comments Box