Author: महेन्द्रनगर पोष्ट

जाजरकोट : जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका…

Read More

काठमाडौं: लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो। उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ।

Read More

काठमाडौँ: आजदेखि विधिवत् रूपमा छठ पर्व सुरु भएको छ। विशेषगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ। भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ। छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा…

Read More

काठमाडौं: अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको छ । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । अब आइतबार अस्ट्रेलियाले विश्वकपको उपाधिका लागि भारतको सामना गर्नेछ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ सय १२ रन बनाएको थियो, जवाफमा अस्ट्रेलियाले ४८औँ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अस्ट्रेलिया आठौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा पाँच पटक विजेता बनेको थियो । उसले १९८७, १९९९, २००३, २००७ र २०१५ को विश्वकप जितेको…

Read More

काठमाडौँ : हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको  आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी,  बागमती, गण्डकी  प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका उच्च…

Read More

भक्तपुर : भक्तपुरको सूर्यविनायकमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका–४ पाल्लेटारस्थित खोल्साको झाडीमा नवजात शिशु (बालिका) मृत अवस्थामा फेला पारेको हो । झाडीमा उक्त शिशु हिजो साँझ मृत भेटिएको बताइएको छ । प्रहरीले शिशुको शव कानूनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौं : सिरहामा लागुऔषधसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिका–१९ का २२ वर्षीय विजय महतो लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय, लहानबाट खटिएको टोलीले उनको कोठा खोजतलास गर्ने क्रममा सिरानीको खोलभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको बताइएको छ । प्रहरीका अनुसार नाइट्राभेट ६० पिस र साइप्रोन १६ पीस बरामद भएको छ । त्यस्तै, पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्। उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए। स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुला कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर डडेल्धुरा रहेको…

Read More

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ रहेका ८१ सैनिक नेपाल फर्किएका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ८१ सैनिक नेपाल फर्किएका हुन् । ईओडी गुल्म (शा.से.) नवौँ डफ्फाका ८१ जना नेपाली शान्ति सैनिक प्रमुख सेनानी चित्र कुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा आज स्वदेश फिर्ता भएको छ । मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णय अनुरुप नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरत समेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली नेपाल आइपुगेको हो । नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका…

Read More

काठमाडौँ : युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा सेन्टिग्रेड महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।

Read More