Author: Nisha Shrestha

काठमाडौं – दाङमा मंगलबार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैंले आगो लगाएको खुलेको छ। बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। एसपी काफ्लेका अनुसार गाडीधनीको सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। चालक र सहचालक राप्ती गाउँपालिका वडा नम्बर ५ का हुन्। आगजनी भएको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरेको थियो। आगजनीबाट टिपरको अगाडिको…

Read More

काठमाडौं – नेकपा (एमाले)स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी…

Read More

काठमाडौं – भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको निधन भएको छ। फोगाटको निधन हृदयघातबाट भएको बताइएको छ । ४२ वर्षीया फोगाट स्टाफहरूका साथ गोवा गएकी थिइन्। उनको गोवामै निधन भएको हो।हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले उनको निधनमा दुस्ख व्यक्त गरेका छन्। हरियाणाको पछिल्लो विधानसभा चुनावमा बिजेपीले फोगाटलाई कुलदीप बिश्रोईको विरुद्ध उठाएको थियो। तर उनले हारेकी थिइन्। उनले रियालिटी शो बिग बोस-१४ पनि भाग लिएकी थिइन्। सोनाली टिकटकमा निकै लोकप्रिय भएकी थिइन् र उनका लाखौँ फलोवर्स थिए। भारत सरकारले टिकटक प्रतिबन्ध गरेपछि उनी भाजपामा प्रवेश गरेकी थिइन्।

Read More

काठमाडौं – प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् । आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै सो धर्ना दिएका हुन् । मंगलबार काठमाडौँको बिजुलीबजारस्थित कार्यालय अगाडी प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आफूहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नति सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरूले तुरुन्त पदोन्नति गर्नुपर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन् । उनीहरूले संस्थागत सुशासन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको विकास गर्नुपर्ने माग राखेका छन् । युनियनका मागहरू तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

Read More

काठमाडौं – ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’विरुद्ध प्रतिनिधिसभामा परेको विरोधको सूचना अस्वीकृत भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयकलाई प्रस्तुत गर्न माग्ने प्रस्तावमानि नै विरोधको सूचना दिएका थिए । सबै पक्षसँग परामर्श नलिएर विधेयक ल्याएको, मानव अधिकारको गम्भीर उलङ्घनलाई पनि मानव अधिकारको रूपमा संलग्न गरिएको जस्ता विषय रहेकाले आफूले विरोधको सूचना दिएको सांसद सुवालको भनाइ रहेको छ । सशस्त्र द्वन्द्वको घटनाहरू कुनै पनि गम्भीर मानव अधिकार उलङ्घनमा नपर्ने भन्दा उचित न्याय नहुने उनको भनाइ रहेको छ । सशस्त्र द्वन्द्व के का लागि भयो ? सशस्त्र…

Read More

काठमाडौं – साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन्। उनले भने,‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन।’ बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै सो कुरा बताउनुभएको हो। “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन”, अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन।’ सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन। यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन…

Read More

काठमाडौं – काठमाडौंउपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

Read More