Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरको लागि भर्ना आह्वान गरेको हो। भर्ना आवेदन मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म बुझाउन सकिनेछ। पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी अन्य विवरण पछि सार्वजनिक गरिनेछ। विद्यार्थीले पढ्न चाहेको संकायका लागि छुट्टाछुट्टै आवेदन फारम बुझाउनुपर्ने छ। आवेदन दिदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत बुझाउनुपर्नेछ।

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ। सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको हो। आईसीसीले श्रीलंकाले स्वतन्त्र रूपमा आफ्नो काम अघि बढाउन सक्षम नभएको पनि बताएको छ। श्रीलंका क्रिकेटले सरकारी हस्तक्षेप बिना श्रीलंकामा क्रिकेटको प्रशासन र नियमन जस्ता जिम्मेवारीहरू पूरा गर्न सक्छ भन्ने सुनिश्चित गर्न सक्षम नभएको आरोप आईसीसीको छ।

Read More

धनगढीः धनगढी–अत्तरिया छ लेन सडकको गेटामा अटोको ठक्करबाट एकजना घाइते भएका छन्। अत्तरियादेखि धनगढी आउदै गरेको से १ ह १९०५ नम्बरको अटोको ठक्करबाट साइकलयात्री २५ वर्षीय रामसिंह राना शुक्रवार घाइते भएका हुन्। घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। अटो चालक कैलाली–५ का ५५ वर्षीय दिपेन्द्र चौधरी घाइतेसँगै अस्पतालमा रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटो गेटा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामै रहेका बेला ज्यान गुमाएका युवकको शव आफन्तले बुझेका छन्। हत्या अभियोगमा पक्राउ परेर थुनामै ज्यान गुमाएका धनगढी उपमहानगरपालिका– १६ को बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेको प्रहरीले जनाएको छ। सेट्टीको शव परीक्षणपछि आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। उनकाअनुसार घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए। सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा विद्यालय…

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्। आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यो खेल भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन। तर बंगलादेशका लागि भने सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ। अहिले बंगलादेश आठौँ स्थानमा रहेको छ। त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्नेछ। कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे…

Read More

कञ्चनपुर: कञ्चनपुरका छाडा पशु चौपायासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–७ घर भएका २५ वर्षीय करन साउँद रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीको माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ। मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन्। साउँद अछामको नापी कार्यालयका अमिन रहेको खुलेको छ।

Read More

धनगढी : कैलालीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय वर्षीया धनसरा मास्के, निष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५ र ३९ वर्षीया कमला पुनमगर रहेका छन्। उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

झापा: सुनसरी धरानमा कार्यरत प्रहरी उपरीक्षक(एसपी)ले चलाएको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी १८ वर्षीय अनिल मर्डी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार राती ७ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकै पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो। मोटरसाइकलमा ३ जना सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८…

Read More

काठमाडौं : नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डीआरइई–२०२३) सम्पन्न भएको छ। यही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ। तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलङ्का, मालदिभ्स, मङ्गोलिया, कम्बोडियाका प्रतिनिधिको सहभागिता थियो। पाँच दिन चलेको तालिममा काठमाडौं र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ। तालिमको समापन गर्दै बलाध्यक्ष रथी सीताराम…

Read More

बैतडी: बैतडीका एक सय बढी ग्राहकको विद्युत लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको यही कार्तिक १३ गतेदेखि लाइन काट्न सुरु गरेको हो। समयमा महसुल नबुझाउने विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। अहिले सम्म १ सय २ ग्राहकको लाइन काटिएको उनले बताए। जसमध्ये ११ ओटा सरकारी कार्यालय र ९१ ओटा व्यक्तिगत ग्राहक छन्। विद्युत महसुल नबुझाएको ४ महिनाभन्दा माथि भइसकेका ग्राहकहरुको लाइन काटिएको हो। उनीहरुबाट १६ लाख २८ हजार विद्युत महसुल असुल गर्नुपर्ने बाँकी रहेको कार्यालय प्रमुख पौडेलले बताए । विद्युत लाइन…

Read More