Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका १५ वर्षका बिराज खत्री र विष्णु शर्मा मंगलबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएकोे छ।

Read More

काठमाडौं: एक महिनाअघि सुरु भएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ। संविधान दिवसको अवसर पारेर असोज ३ गते तामझामका साथ उद्घाटन गरिएको बस सेवा एक महिनामै बन्द भएको हो। यात्रुहरूले द्रुत भनिएको बसमा झनै धेरै समय लागेको गुनासो गरेका थिए। तर, सरकारी निकायले भने द्रुत बस सेवा बन्द नभएको दाबी गरेको छ। प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै द्रुत बस सेवा पुनः सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको उनको भनाइ छ । द्रुत…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि बुधबार पुन: हुने भएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो। मंगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए। बुधबार बाँकी सुनुवाइ हुनेछ। संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो। राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिट निवेदनमा सुनुवाइ भएको हो। निवेदकका…

Read More

काठमाडौं: कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा रहेका छन्। थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ। भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ। पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । अभियुक्त थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएको थियो। तर, गत १५ जेठमा गणतन्त्र…

Read More

कैलाली: घरेलु मदिरा(लोक्कल ठर्रा) नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले स्वीप अप्रेशन चलाएको छ। घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित स्वीप अप्रेशन अन्तर्गत मंगलबार साँझ धनगढी उपमहानगरपालिका– २ बाट प्रहरीको टोलीले ढाई हजार लिटर घरेलु मदिरा बरामद गरेर जष्ट गरेको छ। साथै मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ र भाडाकुँडा समेत बरामद गरेको प्रहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेको हो

Read More

डडेल्धुरा : डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। हिजो मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो। नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक(सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको सुुपप्र०१००१च २९५५ नम्बरको कारमासमेत ठोक्किएको ट्राफिक कार्यालय अत्तिरियाले जनाएको छ। दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित…

Read More

काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा…

Read More

धनगढीः कैलालीस्थित धनगढीबाट लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने पक्राउ परेका छन्। पक्राउ पर्नेमा १९ वर्षीय अरुण चौधरी र मुकेश जोशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले जनाएको छ। उनीहरूलाई मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ वडा प्रहरी कार्यालय नजिकबाट पक्राउ गरिएको हो। हेल्मेट नलगाएर सुदूरपश्चिम प्रदेश ०१–००९ प १२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको लागुऔषध सेवनको परीक्षण गरिएको थियो। दुवैमाथि थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालयले जनाएको छ।

Read More

कैलाली: कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति ९ बजेको समयमा गोदावरी नगरपालिका –६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो। टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति ९ :४५ बजेको समयमा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ। शव पोष्टमार्टमकालागि सेती प्रादेशीक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

Read More