Author: Saru Shrestha

बुटवल – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए । आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ । गत वैशाख १५ गते नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसका साथै गत वैशाख १५ गते नियुक्त बिना विभागीयमन्त्रीलाई पनि मुख्यमन्त्री चौधरीले आज…

Read More

काठमाडौँ – भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले उद्धार गरेको छ। भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जान हिँडेका सात महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई साताअघि उद्धार गरेको हो। कुवेत,ओमन लैजाने भन्दै भारत पुर्‍याएर एजेन्ट सम्पर्कविहीन बनेपछि अलपत्र परेको ब्युरोले जनाएको छ । हेल्पक्रस संस्थाले नेपाली दूतावासलाई पत्रचार गरेपछि ब्युरोले उद्धार गरेको जनाएको छ । २५ देखि ३५ वर्ष उमेरका उनीहरू सोलुखुम्बु, रूपन्देही, सुर्खेतका जिल्लाका स्थानीय हुन्।

Read More

धनगढी – धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायलाइ सोमबार साँझ ७३६ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो । चालु आर्थिक वर्ष २०७९/८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र रू एक खर्ब…

Read More

काठमाडौँ – सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग अधिकारबारे आवाज उठाउने तयारी गरेका छन्। यही जेठ १० गते हुने अन्तर प्रदेश बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको उपस्थितिमा सङ्घीयता कार्यान्वयन र अधिकारका सवालमा छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा गरेर अधिकारका सवालमा गण्डकी प्रदेशले छलफल गर्न लागेको छ। मुख्यमन्त्रीहरुले अधिकार विकेन्द्रीकरण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्। सङ्घ, प्रदेश र स्थानीय तहबीच अहिले पनि साझा सूचीका अधिकार प्रयोगमा अन्योल हुनुपर्ने अवस्था विद्यमान रहेकोमा प्रधानमन्त्रीसँग छलफलले केही हदसम्म गाँठो फुकाउने मुख्यमन्त्रीहरुले विश्वास लिएका छन्। गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री दाहाल र अरु प्रदेशका मुख्यमन्त्रीहरूलाई निम्ता…

Read More

धनगडी – पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको इज्जत र गौरव लोप भएको बताएका छन् । सोमबार धनगढीमा भएको उनको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै पूर्वराजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् । उनले भने( नेपाली जनतालाई आफ्नो भू(भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ। शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल…

Read More

काठमाडौँ – ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा तोकिएको थियो । ढाकाकुमारले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए ।

Read More

बर्दिया – एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका-६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ गरेको हो । उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका-७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ । आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको कार्यकालमा सम्झन लायक बनाउने बताएका छन् । थोरै बोल्ने धेरै काम गर्ने सङ्कल्प लिएको उनको भनाई छ । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौँको नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले भने,“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोली रहनुभएको छ । यो पटक म भन्न चाहिँ थोरै भन्ने काम चाहिँ धेरै गर्ने सङ्कल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिनदेखि त्यो गरिरहेको छु ।” आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको…

Read More

कैलाली – कैलालीको चुरे बाढी पहिरो पिडितहरु आन्दोलित बनेका छन् । चुरे गाउँपालिकामा अतिक्रमित वन क्षेत्र खाली गराइएपछि उनीहरु आन्दोलित बनेका हुन् । बाढी पिडितको व्यवस्था गराइयोस् भन्दै चुरे गा.पा. वडा नम्बर ४ टाकगडाका बाडि पहिरो पिडित सघर्ष समितिका अध्यक्ष टिकाराम कार्कीको नेतृत्वमा करिब १२०/१३० जनाको सहभागितामा र्यालि निकाली पिडितहरुले आईतबार साँझ सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको गेट भित्र धर्ना दिएका हुन् । बाढी पिडितहरु धनगढी उप-महानगरपालीका १ रातोपुल देखि धनगढी उपमहानगरपालिका वडा न.४ स्थित सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यलय सम्म पुगेका थिए । मुख्यमन्त्री कार्यालय गेट भित्र धर्ना दिई बसेका बाडिपहिरो पिडितहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोल खुल्ला…

Read More