कैलाली – कैलालीको चुरे बाढी पहिरो पिडितहरु आन्दोलित बनेका छन् ।
चुरे गाउँपालिकामा अतिक्रमित वन क्षेत्र खाली गराइएपछि उनीहरु आन्दोलित बनेका हुन् ।
बाढी पिडितको व्यवस्था गराइयोस् भन्दै चुरे गा.पा. वडा नम्बर ४ टाकगडाका बाडि पहिरो पिडित सघर्ष समितिका अध्यक्ष टिकाराम कार्कीको नेतृत्वमा करिब १२०/१३० जनाको सहभागितामा र्यालि निकाली पिडितहरुले आईतबार साँझ सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको गेट भित्र धर्ना दिएका हुन् ।
बाढी पिडितहरु धनगढी उप-महानगरपालीका १ रातोपुल देखि धनगढी उपमहानगरपालिका वडा न.४ स्थित सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यलय सम्म पुगेका थिए ।
मुख्यमन्त्री कार्यालय गेट भित्र धर्ना दिई बसेका बाडिपहिरो पिडितहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोल खुल्ला ग्राउडनमा बास बसेका छन् ।
चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार १०५ हेक्टर वन क्षेत्र खाली गराइएको छ । शनिवार टाँकगडाका १३५ टहरा र पैनेरुवामा ३५० टहरा डोजर लगाएर भत्काइएको थियो ।