Author: Nisha Shrestha

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए। उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन…

Read More

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर घट्न थालेको उल्लेख गरेको हो । राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ, ‘ब्याजदर क्रमशः घट्न थालेको छ । फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ ‘यसर्थ, समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ ।’ बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात केही बढेको राष्ट्र बैंकले जनाएको छ…

Read More

काठमाडौँ – बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान)बीचमै छाडेर स्वदेश फर्किएका छन्। उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन्। उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका हुन्। १० दिन अवधिको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधि पुरा नगरी स्वदेश फर्किएका हुन्। आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन।

Read More

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उहाँले यही वैशाख ३० गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नुहुनेछ । उहाँ वैशााख ३१ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Read More

 धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ । दलका नेता चौधरीले निवर्तमान दल नेता रामेश्वर र निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोरलाई सरकारमा पठाउने निर्णय भएको बताए । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरुले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल…

Read More

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढीमा प्रदर्शन गरेको छ। नेकपा एसको कैलाली जिल्ला कमिटीले भ्रष्टाचार विरुद्ध जुलुससहित प्रर्दशन गरेको हो। प्रदेशको अस्थायी मुकाम धनगढीको एलएन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलालीको प्रवेशदवारमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो। नेपालीलाई भुटानी शरणार्थी बनाई भ्रष्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरीएको जिल्ला अध्यक्ष विमल जोशीले बताए।

Read More

काठमाडौं – सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने तयारी गरेको छ । त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ । कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेको भए नेपाल सरकार वादी भई चलेका मुद्दा फिर्ता लिन मिल्ने गरी कानुन संशोधन गर्न लागिएको हो । यो विधेयकमार्फत सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरिएको छ । जसमा शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा…

Read More

धनगढी- कर्णाली चिसापानीमा नदीमा एक पुरुषको शव फेला परेको छ। चिसापानी पुलको पूर्वतर्फ ठाकुरबाबामा बुधवार दिँउसो २ बजे पहिचान नखुलेको अवस्थामा शव फेला गरेको हो। प्रहरीका अनुसार निलो र रातो रंगको ज्याकेट, भित्र रातो रंगको टि–सर्ट, सेतोकालो धर्सा भएको सर्ट, घ्यू रंगको सर्ट गरी दुई वटा सर्ट र खैरोमा सेतो धर्सा भएको ट्राउजर लगाएको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ। बर्दीयाको भुरीगाउँबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको छ। सनाखत नभइसकेको शव परीक्षणका लागि बर्दिया अस्पताल राखिएको छ।

Read More

धनगढी- धनगढीको एक चमेनागृहमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वेस्टर्न कलेजको चमेनागृहमा बिहिवार दिउसो आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको चमेना गृहमा ग्याँस लिक भएर आगो लागेको हो। आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगायतका सामान जलेका छन्। प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

Read More

धनगढी – अछाममा आफ्नै कार्यकर्ताबाट गाउँपालिकाका अध्यक्ष कुटिएका छन्। जिल्लाको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदमाथि नेविसंघका कार्यकर्ताले कुटपिट गरेका हुन्। आफूमाथि २४ गतेको राति करिब साढे ८ बजे अचानक आक्रमण भएको अध्यक्ष साउदले बताए। उनले भने, ‘म जिल्ला समन्वय समितिको प्रदेशका लागि योजना तर्जुमासम्बन्धी कार्यक्रमबाट फर्किरहेको थिएँ। ठ्याक्कै साफे नगरपालिका र चौरपाटी गाउँपालिकाको सिमानामा पुग्ने बित्तिकै ममाथि आक्रमण भयो।’ दुई युवाले आफूलाई नै कुट्न भनेर मोटरसाइकल सडक छेउमा रोकेर बाटो बन्द गरी बियरको बोतलले आक्रमण गरेको उनले बताए। गाडीमा आफूहरु ३ जना सवार रहेको भए पनि आफूलाई मात्र उनीहरुले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उनको जिकिर छ। त्यहाँका स्थानीय व्यापारीको…

Read More