Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा रुखबाट खसेर बालकको मृत्यु भएको छ । जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीका ८ वर्षीय छोरा बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

ज्योती बुढा, इजरायल : हमास आतंकवादीहरूले इजरायलमा आक्रमण गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार गाजा पट्टीबाट इजरायलतर्फ ठूलो संख्यामा रकेट प्रहार गरिएको छ। यस आक्रमणमा २२ जनाको मृत्यु भएको छ। इजरायलको एन १२ न्यूजले यस हमलामा २२ इजरायली नागरिकको मृत्यु भएको जनाएको छ। इजरायली रक्षा बलका पूर्व प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले हमास आतंककारीले गरेको आक्रमण इजरायलका लागि ठूलो चिन्ताको विषय भएको बताएका छन्। हमासका आतंककारीहरूले इजरायली नागरिकमाथि आक्रमण गरेका छन्। यस हमलामा धेरै हताहत भएको जानकारी आएको छ। जेरुसेलम र तेल अवीवसहित इजरायलको ८० प्रतिशत जनसंख्या बसोबास गर्ने क्षेत्रमा एक हजारभन्दा बढी रकेटहरू प्रहार गरिएको थियो। यसैबीच इजरायली प्रधानमन्त्री…

Read More

धनगढी: नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं दशौ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका नेता भीमबहादुर रावललाई प्रदेश अधिवेशनमा आमन्त्रण नै नगरिएको पाइएको छ। भोलि (आइतबार) देखि धनगढीमा सुरु हुने एमालेको प्रथम प्रदेश अधिवेशनमा नेता रावलालाई आमन्त्रण नगरिएको पाइएको हो। अछामका नेता रावल पछिल्लो समय पार्टीमा जिम्मेवारीविहीन छन्। चितवन महाधिवेशनपछि एमालेको राजनीतिमा किनारा लगाइएका रावल अहिले पनि पार्टीको कुनै जिम्मेवारीमा छैनन्। अहिले गृहजिल्ला अछाममा रहेका रावललाई प्रदेशको अधिवेशनमा पनि नबोलाइएको जनाइएको छ। एक पत्रकार सम्मेलनकाबीच एमाले सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्माले रावललाई आमन्त्रण नगरिएको जानकारी दिए। उनले रावल राष्ट्रिय र केन्द्रिय नेता भएकाले प्रदेश अधिवेशनमा नबोलाइएको दाबी गरे। एमाले अध्यक्ष केपी शर्मा ओली,…

Read More

बैतडी : बैतडीमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका- ६ पोखरीका ४२ बर्षीय शंकर पोखरेललाई सर्पले टोकेको  हो। उनलाई आफ्नै घर नजिकैको बारीमा खुर्सानी टिपीरहेका बेला पोखरेललाई शनिबार दिउँसो १ बजेतिर सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको बाँया खुट्टामा सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएका पोखरेललाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि धनगढी आउने भएका छन्। भोलिदेखी हुन गइरहेको एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न ओली धनगढी आउन लागेका हुन्। ओली बिहान ८ बजे धनगढी पुग्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार धनगढी विमानस्थलबाट उनलाई स्कटिङ गरेर कार्यक्रम स्थल साैराइ स्क्वायर बैंकीट ल्याइने छ। र, उनी भोलि नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ। बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘Integrated Programme For Strengthening Security And Justice (Phase 2)’ विषयक कार्यक्रममा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गरेका हुन्। उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै प्रहरी नायव महानिरीक्षक बिष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल पनि रहेका छन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाइ गरेका हुन्। UNOPS सँग सुरूवात गरिएको योजना अन्तर्गत…

Read More

डडेल्धुरा: धनगढीको सहिद गेटमा नेकपा (एमाले) ले प्रचारात्मक ब्यानर लगाएर छपक्कै पारेको छ। भोलिदेखि सुरु हुन गइरहेको एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको लागि एमालेले गेटमा पार्टीको पर्चा र ब्यानर टाँसेर छपक्कै पारेको हो। पार्टीले सहिद दशरथ चन्दको अपमान गरेर एमालेले ब्यानर तथा प्रचार सामग्री टाँगेको भन्दै अहिले आलोचनासमेत भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरुले गेटमा ब्यानर लगाउनु अस्वभाविक भएको भन्दै प्रतिक्रिया दिइरहेका छन्। तर एमालेका कार्यकर्ताहरुले भने प्रचारका लागि लागिएकोले स्वभाविक मान्नुपर्ने जनाएका छन्। अस्ति कैलाली हार्डवेयर व्यवसायी कैलालीले आयोजना गरेको हार्डवेयर एक्स्पोको प्रचारले पनि गेट छपक्कै पारिएको थियो। एक्सपो भएकै स्थानमा एमालेको अधिवेशन हुँदैछ। ब्यानर लगाइएको विषयमा थप बुझ्न खोज्दा…

Read More

धनगढी: सेती नदीमा नुहाउने क्रममा डुबेर दुई बालक बेपत्ता भएका छन् । डोटी जिल्लाको दीपायलको सेती पुल नजिक नुहाउने क्रममा डुबेर दुई बालका बेपत्ता भएका हुन् ।  दीपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापती र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन् । बेपत्ता दुबैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीय खटिएका छन् ।

Read More

बझाङ: पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६।३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

Read More

बझाङ : गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन्। ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो। जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अन्यभन्दा विद्यालयको तुलनात्मक रूपमा बढी छ। विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ। प्राप्त विवरणअनुसार तल्कोट गाउँपालिकामा ४, जयपृथ्वी नगरपालिकामा ६, थलारामा ४, छबिसपाथिभेरामा २, थलारा गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ४, बित्थडचिर गाउँपालिकामा २, मष्टा गाउँपालिकामा ४ र केदारस्युँ गाउँपालिकाका २ विद्यालयका भवनमा पूर्णरूपमा क्षति भएको प्रारम्भिक रिपोर्ट छ। जिल्लाभरका दुई सयभन्दा बढी विद्यालय भवनहरू चर्किएका छन्। केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले…

Read More