बैतडी : बैतडीमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका- ६ पोखरीका ४२ बर्षीय शंकर पोखरेललाई सर्पले टोकेको हो।
उनलाई आफ्नै घर नजिकैको बारीमा खुर्सानी टिपीरहेका बेला पोखरेललाई शनिबार दिउँसो १ बजेतिर सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
उनको बाँया खुट्टामा सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएका पोखरेललाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।
Facebook Comments Box