Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवाद सतहमा आएको छ। उनीहरुबीच प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद चर्किएको हो। अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७७ सालदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेको तर उपाध्यक्ष भगिरथ बोहराले निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरालाई नै यथावत राख्न चाहेको कुरो एक पत्रले बाहिर ल्याएको छ। पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रंजय पटेल आउने खबर पाएपछि कार्यबाहक अध्यक्ष भएका बेला उपाध्यक्ष बोहराले गत भदौ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र बाहिरिएको हो। पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै सबै अधिकार दिएर खटाउन आग्रह गरिएको छ। कार्यबाहक अध्यक्ष बोहराले मन्त्रालयलाई लेखेको…

Read More

चितवन: चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए। दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

Read More

बैतडी: चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम भएकी छन्। काठमाण्डौँमा शनिबार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा शिक्षा चन्दले प्रथम स्थान हासिल गरेकी हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन्। प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ। शिक्षा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दकी भतिजी हुन्। 

Read More

धनगढीः हिजो भारतको दिल्लीबाट कैलालीको धनगढी आइपुगेको बसभित्रसहित झण्डै ३७ लाख मुल्य बराबरका अवैध सामान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले यात्रुबहाक बसभित्र ठुलो परिणाममा अवैध सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ हवल्दार लालबहादुर चन्दको कमाण्डमा समेत खटिएको मोटरसाइकल गस्तीसहितको संयुक्त टोलीले ती सामान नियन्त्रणमा लिएको थियो। धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ५ ख २८१६ नम्बरको बसभित्र अवैध सामान फेला परेको थियो। बस धनी धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय पुरन मगराठीको बसलाई चेकजाँच गर्दा ती सामान फेला परेका हुन्। बसभित्र गौरीगंगा…

Read More

काठमाडौँ:  क्रीकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनुवाइको पेसी तोकिएको छ। यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भए पछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो। त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो। त्यस दिन न्यायाधीश कार्कीले मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले भने बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै त्यो कागजात मगाउन माग गरेका थिए। अधिवक्ता घिमिरेको आग्रहपछि न्यायाधीश कार्कीको इजलासले बसाइँ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो। त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको…

Read More

बझाङ: बझाङ सदरमुकाम चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट भएको छ। चैनपुरस्थित प्रशासन रोडमा रहेको कैलाश फेन्सी पसलमा आज बिहान ३ बजेर विद्युत सर्ट भइ आगलागी भएको हो। आगलागीबाट पसलभित्र रहेका करिब एक करोड बढीका सामान जलेर नष्ट भएको सञ्चालक डबल खड्काले बताए। आगोलाई स्थानीयले नियन्त्रणमा लिएको बताइएको छ।तर, आगो लागेको २ घण्टा हुँदा पनि नगरपालिकाको दमकल नआएको व्यापारीहरुको गुनासो छ। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। पसल सञ्चालक अर्को घरमा बस्ने भएकाले राति ३ बजेको समयमा स्थानीयले आगो लागेको देखेर पसल सञ्चालकलाई खबर गरेका थिए।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति कोशी, मधेस र बागमती…

Read More

बारा : बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन्। ११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो। लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

Read More

भरतपुर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन्। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन्। “मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप लाग्दै आएको छ”, उनले भनिन्, “सेवाग्राहीमैत्री काम गरेर आगामी दिनमा आरोप आउने परिस्थितिको अन्त्य हुनुपर्छ।” उनले लेखापढी व्यवसायीले सेवा शुल्क पारदर्शीरूपमा लिन र पहिचान दिने पोशाक लगाउन आग्रह गरिन्। मालपोत, नापी र सेवाग्राहीबीच पुलको काम लेखापढी व्यवसायले गरेको उल्लेख गर्दै व्यावसायिक सुरक्षाका लागि सरकारले सहयोग…

Read More

बेनी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरूप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमानाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा…

Read More