Author: Nisha Shrestha

काठमाडौं– निर्वाचन आयोगले आयोगमा बुझाएको लेखापरीक्षणको प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगका अनुसार आयोगमा पेस गरेका ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरेर सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको हो । यसबारे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार जारी गरेको विज्ञप्ति : मितिः २०८० वैशाख २८ गते निर्वाचन आयोगले मिति २०८० वैशाख २७ गतेको निर्णयबाट आर्थिक वर्ष २०७८-८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम)…

Read More

हेटौँडा– नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आरजुलाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजुलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

काठमाडौँ – सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् । बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका-८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका हुन् । ‘मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ’, मन्त्री मोदीले भने । लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्‍याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नु पर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे । मन्त्री मोदीले भने, ‘इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८…

Read More

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बिहीबारदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।’ राजनीतिक प्रतिवेदन :

Read More

काठमाडौं – नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले आफू पदमा रहँदा राजनीतिक आक्रमणमा परेको विषय खुलासा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वएसएसपी विष्टले ०४७ देखि ०७३ सम्मको अवधिमा भएको राजनीतिक आक्रमणको खुलासा गरेका हुन्। उनले आफूमाथि ०४७ सालमा पहिलो आक्रमण सप्तरीबाट २४ घन्टाभित्र सरुवा गरेर दार्चुला पुर्‍याएको खुलासा गरेका छन्। उनले तत्कालीन रूपनीका निमुखा गाउँलेहरूलाई फसाउन रचिएको झुठा डाँका मुद्दा दर्ता गर्न नमानेकोले तत्कालीन नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र एवं सप्तरीका नेता रामकुमार चौधरीले आफ्नो सरुवा गराएको बताएका छन्। यस्तै, उनले आफूमाथि ०७३ सालमा अन्तिम आक्रमण गरेको समेत खुलासा गरेका छन्। पूर्वएसएसपी विष्टले ०७३ मा ज्येष्ठताका आधारमा…

Read More

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कायस्थ २०६२र६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको र्‍यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहनुभएका उहाँको हिजो वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको हो । सभापति देउवाले आज एक शोक सन्देशमार्फत जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिनु भएका ‘जिउँदा सहिद’ कायस्थको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले आज प्राप्त…

Read More

काठमाडौँ – दार्चुलाको हिमपहिरोमा ८ दिनदेखि बेपत्ता भएका एक जनाको शव भेटिएको छ । डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया छिमी सोमो थापाको शव हिजो (बुधबार) भेटिएको प्रहरीले जनाएको छ । दार्चुलाको ब्याँस गाउँपालिका-१ भोलुममा गएको १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये चार जनाको शव यस अघि नै भेटिएको थियो । त्यस्तै मुगुमा हिमपहिरोमा परेर हराइरहेकाहरुको अवस्था थाहा हुन सकेको छैन । गएको २२ गतेदेखि मुगुम कार्मारोङ गाउँपालिका-१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परि हराइरहेका तीन जनाको अवस्था अहिलेसम्म थाहा हुन नसकेको हो । हिमपहिरोमा जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय…

Read More

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रक्षा मन्त्री पूर्णबहादुर खड्कासहित बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको बताइएको छ ।

Read More

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्य योजना, केन्द्रीय सदस्यको कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक यही २८ देखि वैशाख ३० गतेसम्म चल्ने छ ।

Read More