काठमाडौँ – दार्चुलाको हिमपहिरोमा ८ दिनदेखि बेपत्ता भएका एक जनाको शव भेटिएको छ ।
डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया छिमी सोमो थापाको शव हिजो (बुधबार) भेटिएको प्रहरीले जनाएको छ ।
दार्चुलाको ब्याँस गाउँपालिका-१ भोलुममा गएको १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये चार जनाको शव यस अघि नै भेटिएको थियो ।
त्यस्तै मुगुमा हिमपहिरोमा परेर हराइरहेकाहरुको अवस्था थाहा हुन सकेको छैन ।
गएको २२ गतेदेखि मुगुम कार्मारोङ गाउँपालिका-१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परि हराइरहेका तीन जनाको अवस्था अहिलेसम्म थाहा हुन नसकेको हो ।
हिमपहिरोमा जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोरा बेपत्ता भएका हुन् ।
Facebook Comments Box