Author: महेन्द्रनगर पोष्ट

धनगढी: गृहसचिव एकनारायण अर्याल नेतृत्वको टोली दार्चुलाको टिंकर पुगेको छ। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको टोली त्यहाँ पुगेको हो। आज बिहान धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर एनए ०६६ बेलमा टोली उडेको बताइएको छ। बिहान पौने ६ बजे धनगढीबाट उडेको उक्त हेलिकोप्टर साढे ६ बजे दार्चुलाको सदरमुकाममा केहीबेर रोकिएको बुझिएको छ। त्यसपछि सवा ७ बजे त्यहाँबाट प्रस्थान गरेको हेलिकोप्टर छाङग्रु गएको हो।  तर साढे ७ बजे हेलिकोप्टर डुम्लिङमा अवतरण गरेको थियो। केहीबेर रोकिएको हेलिकोप्टर टोलीसहित पौने ८ बजे सीमा क्षेत्र टिंकरमा पुगेको हो। टोली त्यसपछि बझाङ र अछाम जाने पनि…

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ११ खेलमा ५ जित हासिल गरेको छ भने ६ खेलमा हार बेहोरेको छ । १० अंकसहित दिल्ली अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यसैगरी राजस्थान रोयल्सले यस सिजनमा १० खेलमा ८ जित हासिल गर्दै १६ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

Read More

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित आज छलफल गर्दै छन् । आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उक्त छलफल गर्न लागिएको सभामुखको सचिवालयले जानकारी गराएको छ । यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ । नियमित रूपमा बैठक सञ्चालनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र…

Read More

काठमाण्डौ :  आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । सोमबार हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो । बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो ।

Read More

तम्घास:   गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् ।साेमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् । उनीहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए । न्यायाधीशले हिजाे आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए । कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छभने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए । हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क…

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिकदेखि…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ। बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए। गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदैकांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ। अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको उसले समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको छ। यही सेरोफेरोमा आगामी रणनीति तय गर्न संसदीय दलको बैठक…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुदूरपश्चिमकै पहिलो एपीएफ स्कुलको उद्घाटन गरेका छन्। आज (सोमबार) एक कार्यक्रमका बीच अर्यालले कञ्चनपुरको झलारीस्थित उक्त स्कुलको विधिवत रुपमा उद्घाटन गरेका हुन्। हालै सशस्त्र प्रहरीले नेपालकै कान्छो स्कुलको रुपमा शुक्लाफाँटा नगरपालिका–५ मा उक्त स्कुल सञ्चालनमा ल्याएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले स्कुलको उद्घाटन गर्दै सो स्कुलले एपीएफ र सर्वसाधारणसमेतका विद्यार्थीलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए। उनले सेवामूलक भावले कञ्चनपुरमा पहिलोपटक एपीएफ स्कुल सञ्चालनमा आएको बताए। उनले भने, ‘यो स्कुलले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित हुने विश्वास लिएको छुँ। हामी मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुशरण गर्दै रोजगारमुलक,…

Read More

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनले जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन्। आज (सोमबार) बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय बिष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।

Read More