२०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

न्यायाधीश गिरीलाई ७ वर्ष कैद

मंगलवार, जेठ २९ २०८१११:२७

काठमाडौं : जिल्ला अदालत काठमाडौंले वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको आदेश दिएको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई कैद र जरिवानाको फैसला गरेको हो । गत जेठ १३ मा अदालतले दोषी ठहर गरे पनि सोमबार सजाय निर्धारण गरेको हो ।

गिरीविरुद्ध उनकै पत्नी आरती रावलले २०८० वैशाख १९ मा मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरी मुद्दा दायरपछि निलम्बित भएका थिए ।

उनले गत वैशाख ३ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार