काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत पूर्व हवाई सेना प्रमुख सुदर्शन पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच बुधबार शिष्टाचार भेटघाट भएको हो।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।