२०८३, आश्विन २६ गते

२०८३, आश्विन २६ गते

लेबनानमा तैनाथ नेपाली सेना सुरक्षित कि असुरक्षित ?

मंगलवार, कार्तिक ६ २०८१०७:५१

काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाउँदै आवश्यक परे आपतकालीन उद्धारका योजना बनाएको बताएका छन्।

युद्धग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिकहरुको उद्धार आवश्यक परेको खण्डमा आपतकालीन योजना बनाउन रक्षा मन्त्रालय र सेनाबीच समन्वय भैरहेको जानकारी दिएका छन्। त्यहाँ रहेका नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको पनि प्रधान सेनापतिले स्पष्ट पारे।

रक्षा मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ। तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन्। बंकरहरुमा बसेका छन्। कथंकदाचित ठूलै खालको स्थिति आयो भने त्यस्तोमा के गर्ने भन्नेमा हेडक्वार्टरले त्यसको योजना बनाउँदै छ।’

इजरायल र लेबनानको चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल)अन्तर्गत १३ सय २९ नेपाली सैनिक सिरिया र लेबनानमा तैनाथ छन्। तर राष्ट्रसंघले शान्ति स्थापनार्थ त्यहाँ खटिएका सैनिक फिर्ता नहुने बताइसकेको छ।

प्रधानसेनापति सिग्देलका अनुसार नेपाली सैनिकहरु केही असहज अवस्थामा रहेको भएपनि आत्तिनुपर्ने अवस्था छैन। शान्ति सेनामा रहेका नेपाली फौजलाई अफ्ठ्यारो पर्ने सम्भावना कम रहेको उनको दाबी छ।

‘५२ जना सिरियामा छन्। एक हजार ३२९ जनाको फौज शान्ति सेनामा छ। उनीहरु द्वन्द्वको बीचमा छन्। गोली हानाहान भइरहेको क्षेत्रमा छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार