धनगढी: धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरिएको जानकारी दिए।
मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भनिएको थियो। दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले जानकारी दिए।
यस्तै जारी सुदूरपश्चिम महोत्सवबाटै २ जना किशोर सम्पर्कविहिन भएका छन्।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका १६ वर्षीय प्रविन धामी र १६ वर्षकै सुरज धामी महोत्सवबाटै सम्पर्कविहिन भएका छन्।
हिजो (आइतबार) घरबाट साइकलमा महोत्सव हेर्न पुगेका दुबै जना अहिलेसम्म सम्पर्कमा नआएको आफन्त किशोर धामीले बताए।
प्रविन ९ कक्षामा त्रिभुवन मावि धनगढी र सुरज कक्षा १० मा सरस्वती मावि गेटामा अध्ययनर विद्यार्थी हुन्। खोजीकार्यका लागि प्रहरीलाई समेत खबर गरिएको छ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com