काठमाडौं: प्रभु ग्रूपले गरेको ठगीमा हुन्डी कारोबार समेत देखिएको छ । ठगीको रकम हुन्डीमार्फत लेनदेन गरिएको सिआइबीले जनाएको छ।
सिआइबीले बुधबार सो मुद्दाको अनुसन्धानमा प्रभु मेनेजमेन्टका पूर्वसञ्चालक तथा हालका सहायक लेखापाल हेमकुमार महाजुलाई पक्राउ गरेको छ ।
प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सिटिजन्स् बैंकमा जम्मा भएको रकम हुन्डीबाट कारोबार गरेको देखिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
यो प्रकरणमा सिआइबीले एक हुन्डी कारोबारीलाई पनि पक्राउ गरिसकेको छ ।
ठगीका मुख्य आरोपी भने पूर्वसांसद समेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनल हुन्। उनी हाल चलखेल गरेर हाजिरी जमानीमा छुटेका छन्। यो प्रकरणमा सिआइबीले प्रभु बैंकमाथि पनि अनुसन्धान गर्दैछ । जसकारण बैंकका सिईओ अशोक शेरचन फरार भइसकेका छन्।
सो कम्पनीले प्रभु रेमिटका एजेन्सीहरुलाई करिब एक अर्ब रुपैयाँ ठगी गरेको हो।