२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

सरकारले सुरु गर्‍यो इ–पेन्सन प्रणाली

शनिवार, चैत्र २८ २०८२१०:४५


काठमाडौँ । सरकारले इपेन्सन प्रणालीको सुरुवात गरेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार पेन्सन प्रमाणिकरण प्रणाली सुरुवात गरेका हुन्। 
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच  उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको  सो प्रणालीको सुरुवात गरेका हुन्। यसले साढे तीन लाख पेन्सनकर्ताको सहज हुने र सरकारले तिर्नुपर्ने बैँक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो प्रणाली सुरुवात गरेपछि निवृत्तभरकहरू भौतिक रुपमा उपस्थित हुन नपर्ने घरैबाट सेवा प्राप्त गर्न सक्छन् । भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार वार्षिक करिब १५ करोड जोगिने अर्थ मन्त्रालयको विश्वास छ ।

त्यस्तै, नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सकिने, पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटि कम हुने छ।  
यसअघि नयाँ निवृत्तभरक केबल बैँक छान्ने कार्यका लागि मात्र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्था थियो । त्यस्तै, निवृत्तभरक स्वयम् बैँकमै उपस्थित भई हरेक वर्ष खाता नवीकरण गर्नुपर्ने थियो भने –पेन्सन रकम र कर गणना गर्ने कार्य म्यानुअल्ली हुने गरेको थियो । 
 

प्रतिक्रिया
सम्बन्धित समाचार